Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ । दासताको यो अाधूनिक यूगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरु एक हुनकालागि आजको दिनले कानको जालि फोड्ने खालको विगुल बजाउन मद्दत गरोस् ।

अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
Tap to listen
नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९१ वर्ष अगाडी विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ कायम नै छ । अहिले पनि पश्चिम नेपालमा पीढिदरपीढि मालिकको घरमा बधूवा कम्लरी बस्नुपर्ने प्रथाको नमिठो अनुभूतिबाट बाहिर पूर्णत् निस्कन सकेको छैन । फेरि दाहोर्याउन मनलाग्यो कि शुरुवातमा ललाईफकाई चेलीबेटीहरुलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने अर्थात् बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरुले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिएका छन् भने दासताको नविनतम स्वरुपका रुपमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु अनि उनिहरुमाथी गरीने शारिरिक, मानसिक दमनका विभिन्न अमानविय व्यवहारका समाचारहरू बेलाबखत अाइ नै रहेका हुन्छन् । ह