Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिसंकेतयुक्त विगुल शुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नहभइदिने हो भने... अमेरीकि स्वतन्त्र संग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन...।"
अक्टोवर २ अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागी असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएको छ, हिंसात्मक कार्यहरुलाई सस्थागत रुपमा अभ्यास गरिने गिरोहहरु संसारका हरेक कुनाहरुमा संलग्न छ भने अर्कोतर्फ हिंसाका विरुद्ध वोल्न, लेख्न अनि अभिब्यक्तगर्नसक्ने आवाजहरुको कमीले निम्त्याएको मौनताले गर्दापनि हिंसात्मक तत्वहरु उत्प्रेरित भएका हुन ।