Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विदेशी भूमीमा पसिना चुहाईरहेका नेपालीजनहरु लगायत पासपोर्ट अनि भिसाको लाईनमा उभिएका आँखाहरु सबैतर्फ आजको यो दिन विशेषले असर गर्न सकोस । सुरक्षित आप्रवासन आजको आवश्यक्ता हो, हैन र ? स्वदेशी माटो अनि आवुहवाबाटै सपना पुरा गर्नसक्ने सार्मथ्य अनि पौरखको विकास गर्न पनि जरुरी छ, छोराछोरीलाई पराईकोमा पठाएर ल्यार्इ कमाएको धनले घर त चल्छ तर मन जल्छ, जलिरहेको छ । विदेश भन्दा स्वदेश श्रृङ्गार्ने वातावरण बनाउन सकियोस् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस
विशेष अडियो सामाग्री
Tap to listen
सिरियामा भएको द्वन्द्वपछी अाफ्नो भूमी छाडी जीवन जोखिममा राखेर अन्य देशको शरण पर्नगएका शरणार्थीहरु अनि उनिहरुको समुन्द्रको अन्त्यहिन कष्टपद यात्राले धेरैको ज्यान गएको छ । एकजना साना बालकको समुन्द्र किनारमा बगेर ल्याएको मृत शरीर अनि खुल्ला अवोध आँखाको दृश्य भएको तस्वीरले संसारलाई रुवाएको पनि धेरै भएको छैन । आप्रवासनको कुरा गर्दा विभिन्न कारणले शरणार्थी बनेका मानव अनि तिनका पीडाहरु पनि सम्झिन जरुरी छ । इराक, अफगानिस्तान, सिरिया, लिविया लगायत देशका शरणार्थीहरु अनि उनिहरुले भोगेका शारीरिक, मानसिक तथा देश छाड्नु पर्दाको भावनात्मक पीडाले दिएको दुखाइमा सारा संसारको एक्यवद्धता सहितको स्वर जरुरी छ ।