Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आज मिथिला परिक्रमाको चर्चा उक्काउन चाह्यौं, त्रेतायूगबाट आजसम्म पनि उत्तिकै महत्व र लगनका साथ पुस्तौंपुस्ता चलिआएको छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसंग सम्बन्ध राख्ने स्थान र अवयवहरु छुने गर्दछ ।
मिथिलाले शदियौंबाट यो संस्कार बोकेको छ । रामजानकी विवाहोत्सवमा त विधिवत रुपमा अयोध्याबाट जन्त नै आउने चलन छ, त्रेतायुगको रामायण विश्वमा यदि कहिँ अझै जिउँदै छ भने त्यो जनकपुरमा छ, मिथिला प्रदेशमा छ ।