Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

आजबाट काठमाडौ, साखुँस्थित शालीनदिमा ब्यापक घूँईचो लाग्ने गर्दछ । मध्य जाडो अनि पर्वतिय तटको चिसो खोलाको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारेर फर्किनेहरुको साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।

श्री स्वस्थानी व्रत कथा प्रारम्भ
विशेष अडियो सामाग्री
Tap to listen
शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् । वैदिक सनातन संस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताक्रमसित जोडिनु जरुरी छ, सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा 'स' भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले 'स' को साटो 'ह' शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन् ।