Blog · Literatureहाम्रो ज्योतिष

श्री पुरुषोत्तम मासको व्रत उद्यापन को लागि साउन ३१ गते पुरुषोत्तम मासको अन्तिम दिन अथवा अरुदिन बिहान शुद्ध चित्त भएर आसनमा बसी भगवान् विष्णुको पूजा को लागि मनलाई एकाग्रता पारेर दियो, कलश, गणेश स्थापना गरी भगवान् विष्णुको पूजा आराधना गर्ने, देश काल र परिस्थिति अनुसार यथाशक्य यथासम्भव भगवानको पूजा गर्नु पर्दछ यथासम्भव पूजा गरिसकेपछि विशेषगरी बिष्णु भगवानको "जिष्णु-बिष्णु-महाविष्णु-हरि-कृष्ण-अधोक्षज-केशव-माधव-राम-अच्युत-पुरुषोत्तम-गोविन्द-वमन-श्रीश-श्रीकण्ठ-श्वसाक्षी-नारायण-मधुरिपु-अनिरुद्ध-त्रिविक्रम-वासुदेव-जगद्योनि-शेषतल्पगत-संकर्षण-प्रद्युम्न-दैत्यारी-विश्वतोमुख-जनार्दन-धराधर-श्रीधर-गरुडध्वज-हृषिकेश-पद्मनाभ" यी ३३ नामले पुजा गर्ने र सम्भव भए यिनै ३३ नामले हवन गर्नु राम्रो मानिन्छ ।
