पं वामन सापकोटा · Mar 3, 2025के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
यदि जन्म-कुण्डलीमा अगाडि पछाडि राहु र केतु भई बीचमा सूर्यादि सबै ग्रह बसेका छन्भने त्यो कालसर्पयोग हुन्छ। यस्तो योग पर्न गएमा वंशमा पीडा दिने

पं वामन सापकोटा · Mar 3, 2025यदि जन्म-कुण्डलीमा अगाडि पछाडि राहु र केतु भई बीचमा सूर्यादि सबै ग्रह बसेका छन्भने त्यो कालसर्पयोग हुन्छ। यस्तो योग पर्न गएमा वंशमा पीडा दिने

श्रीकृष्णजन्माष्टमी आज श्रीकृष्ण जन्माष्टमि २०८१-०५-१० गते सनातन भगवान कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भब्य रुपमा मनाउने गर्छन् । पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा रेवति नक्षत्रमा भगवान् विष्णुको आठौं अवतारका रुपमा कृष्ण जन्मिएका हुन् ।

दिपक प्रसाद काफ्ले · Aug 25, 2024करुणाका सागर, दु;खीहरुका सखा, संसारका स्वामी, गोपालहरुका ईश्वर,गोपीहरुका प्रिय र राधिकाका प्रिय प्यारा हे कृष्ण!म हजुरको वन्दना गर्दछु।

विवाहमा वर वधू को कुण्डली मिलान अत्यन्त महत्वपूर्ण विषय हो । यदि जीवनमा दाम्पत्य जीवनको सुख चाहनुहुन्छ भने अवश्य पनि वर वधूले विवाह पूर्वनै कुण्डलीको अवलोकन गराउनु पर्दछ। यदि कुण्डली मिलान राम्रो भएन भने त्यो विवाहमा वैवाहिक सम्बन्ध खासै राम्रो हुँदैन भनेर ज्योतिष शास्त्रले बताएको छ ।

जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन संसार भर रहेका सनातनीहरुले उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा रक्षासूत्र बाँधी मनाइन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन अनि विचलित नहोऊ भनी रक्षा बन्धन बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलितनै छ ।

आषाढ शुक्ल पक्षको पूर्णिमालाई विशेष गरी गुरु पूर्णिमा भनिन्छ। 'गु भनेको अज्ञान रुपी अन्धकार हो भने रु' भनेको ज्ञान रुपी प्रकाश हो। अन्धकारमा रुमलिएका व्यक्तिलाई जान रुपी गंगामा डुबुल्की मार्न सिकाउने व्यक्ती नै गुरु हुन् ।

केमद्रुम योग (Kemadruma Yog) त्यत्ति अनिष्टकारी हुँदैन जति अनिष्टकारी भनेर ज्योतिषीहरूले चर्चा परिचर्चा गरेको पाइन्छ। यस योगले नकारात्मक फलमात्र प्रदान गर्दछ भन्ने होइन, यसको सकारात्मक पक्षका रूपमा जातकले प्राप्त गर्ने जुझारुपना, सङ्घर्ष गर्नसक्ने क्षमता र सामर्थ्यलाई लिन सकिन्छ।

गज केशरी योग वैदिक ज्योतिषमा सबैभन्दा शक्तिशाली शुभ योग हो। गजको अर्थ 'हात्ती' र केसरीको अर्थ 'सिंह' हो। दुवै शब्दलाई जोड्दा हात्ती र सिंह दुवैको समान शक्ति प्राप्त हुन्छ। जसलाई हामीले गजकेशरी योग भनिन्छ। कुंडलीमा यो योगको उपस्थितिले कुंडलीमा भएका सबै अशुभ योगलाई शून्य बनाउँछ।

वास्तुशास्त्रले केवल आवासीय भवनको मात्र चिन्तन गर्दैन । यसले आवासीय, व्यवसायिक भवन, क्षेत्र, स्थान, कार्य, अवस्थिति आदिका बारेमा पनि चिन्तन गर्दछ । प्रमुख रूपमा आवासीय र व्यवसायिक भवनको मात्र सिद्धान्त र चिन्तनको परम्परा रहेको जस्तो भए पनि वस्तुतः यसले निर्माणका हरेक क्षेत्र र कार्य (व्यापार, निर्माण, मानव, प्राणी, वनस्पति, जीव, निर्जीव, पृथ्वी, तेज, जल, वायु, आकाश, खगोल, भूगोल) रूप, रस, गन्ध, स्पर्श आदि सबै क्षेत्रमा चिन्तन र सिद्धान्तको स्थापना गर्ने प्रयास गरेको छ । निर्माणमा नै मूर्तिकला, चित्रकला, काष्ठकला, रंगकला (ललितकला, प्रस्तरकला) आदिको बारेमा पनि यथाशक्य प्रामाणित हुने, भएको तथ्यलाई सिद्धान्तका रूपमा स्थापित गरेको छ ।

बालबच्चालाई खेल्नका लागि कोठा बनाइन्छ भने घरको पश्चिमी भागमा हुनुपर्दछ । यो क्षेत्रमा यिन र यांगको अवस्था सन्तुलित हुन्छ । खेल्ने ठाउँको ऊर्जा सन्तुलित भएन भने बच्चा खेल्न रुचाउँदैनन् र एकआपसमा झगडामात्र गर्दछन् ।

ज्योतिष र ज्योतिषि दुवै शब्द एकै अर्थ मा छन् जस्तो देखिन्छ।वास्तवमा,ज्योतिष भनेको एक प्राचीन विज्ञान हो जसले ग्रहहरुको गति र तत्वहरुको आधारमा व्यक्तिको जिवनमा हुने घटनाहरुको अनुसन्धान,पूर्वानुमान र ज्ञान गराउछ। यसकारण,ज्योतिष र ज्योतिषि दुबै सम्बन्धित शब्द हुन्।

ज्योतिष शास्त्रमा धेरै प्रकारका शुभ अशुभ योग को चर्चा गरिएका छन् । त्यस मध्ये एक योग गुरु चान्डाल योग हो, जसको प्रभाव जव व्यक्तिको कुण्डलिमा निर्माण भयो भने व्यक्ति सफलताको लागि संघर्ष गर्दछ । धनको समस्या ऊत्पन्न हुन्छ । व्यक्ति निराशा र नकारात्मकताले घेरिन्छ ।

ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्काे राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरुको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ । यसकारण अन्य ग्रहहरुको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।

रघुनाथ ढुङ्गेल · Feb 12, 2024हाम्रो संस्कार अनुसार बालवालिकाको जन्म भएको एघार दिनभित्र न्वारान गरेर नामाकरण गर्नुपर्ने हुन्छ ।

हिन्दु पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष मार्गशीर्ष महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा विवाह पञ्चमी माइन्छ । जुन जातक वा जातिकाको विवाहमा बाधा अड्चन आईरहेको छ भने निम्न उपायहरू अवश्य अपनाउनु होला ।

प्राय: हामीले देखेको भोगेको कुरा हो आम्दानी अर्थात् कमाई धेरै भएर पनि पैसा बचाउ छन् जसलाई हामी आम भाषामा सह भएको हात मान्छे भन्छौ ।

सनातन धर्ममा ज्योतिष शास्त्रको विशेष महत्त्व छ ।यो शास्त्रमा ग्रह, नक्षत्र, ताराद्वारा पंचतत्वलाई दिएको उर्जाबाट ठीक-ठीक प्रबन्धन एवं नियमको कार्य गर्दछ ।

हिन्दु धर्ममा विवाहलाई जन्म जन्मान्तरको साथ मानिन्छ, त्यसैले विवाह गर्नु अघि वर-वधुको कुण्डली मिलाएर योग र गुण मिलाउने प्रथा छ । ज्योतिषीय मिलापक खाली परम्पराको निर्वाह गर्नु मात्रै होइन, यसले दम्पतिको स्वाभाव, गुण, प्रेम सम्बन्ध, एक आपसमा हुने व्यवहार, सन्तान सुख भावी दामपत्य जीवन सफल हुन्छ वा हुँदैन भन्ने जस्ता प्रश्नको जवाफ पाउन सकिन्छ ।

अहिलेको आधुनिक र वैज्ञानिक युगमा ज्योतिष शास्त्रलाई एक अन्धविश्वासपूर्ण अभ्यास हो भनेर यसलाई बेवास्ता गर्ने गरिन्छ । तर, यसलाई नजिकबाट नियालेर हेरियो भने हामीले थाहा पाउन सक्छाैँ कि ज्योतिषीय परामर्शले हामीलाई मार्गदर्शन गर्न महत्त्वपूर्ण योगदान गर्दछ । यसले हामीलाई आफू र हाम्रो वरपरको संसारको बारेमा बुझाइ थप मद्दत गर्दछ । अहिलेको समकालिन वैज्ञानिक संसारमा ज्योतिष शास्त्रको सान्दर्भिक कसरी हुन्छ त?

नव विवाहिताले विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने किम्वदन्ती कथाहरूमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने परम्परा रहिआएको छ ।

श्री पुरुषोत्तम मासको व्रत उद्यापन को लागि साउन ३१ गते पुरुषोत्तम मासको अन्तिम दिन अथवा अरुदिन बिहान शुद्ध चित्त भएर आसनमा बसी भगवान् विष्णुको पूजा को लागि मनलाई एकाग्रता पारेर दियो, कलश, गणेश स्थापना गरी भगवान् विष्णुको पूजा आराधना गर्ने, देश काल र परिस्थिति अनुसार यथाशक्य यथासम्भव भगवानको पूजा गर्नु पर्दछ यथासम्भव पूजा गरिसकेपछि विशेषगरी बिष्णु भगवानको "जिष्णु-बिष्णु-महाविष्णु-हरि-कृष्ण-अधोक्षज-केशव-माधव-राम-अच्युत-पुरुषोत्तम-गोविन्द-वमन-श्रीश-श्रीकण्ठ-श्वसाक्षी-नारायण-मधुरिपु-अनिरुद्ध-त्रिविक्रम-वासुदेव-जगद्योनि-शेषतल्पगत-संकर्षण-प्रद्युम्न-दैत्यारी-विश्वतोमुख-जनार्दन-धराधर-श्रीधर-गरुडध्वज-हृषिकेश-पद्मनाभ" यी ३३ नामले पुजा गर्ने र सम्भव भए यिनै ३३ नामले हवन गर्नु राम्रो मानिन्छ ।

धार्मिक दृष्टिले यो अधिक मासमा भने भगवान पुरुषोत्तमको उपासना भने निकै फलदायी हुन्छ । शिवजीको लागि भने पहिलेदेखि वा चन्द्रमासमा (शुद्ध श्रवणकृष्णपक्ष) देखि नै व्रत गरिआएको छ भने धेरै राम्रो हुन्छ र यसरी बसिएको व्रत पूर्ण चन्द्रमास (शुद्ध श्रवणशुक्लपक्ष) अर्थात् जनै पूर्णिमाको दिनसम्म शिव भगवानको लागि व्रत बस्दा उपयुक्त हुन्छ,

नगरी नहुने र परिआएका अर्थात् जुन कर्मको अन्य कुनै उपाय हुन्न त्यस्ता नित्य, नैमित्तिक र काम्य कर्महरू अधिकमास या क्षय मासमा गर्नु हुन्छ, तर तत्काल नगरे पनि हुने खालका वा जुन कर्मलाई अरु बेला पनि गर्दा हुन्छ त्यस्ता कर्म नित्य, नैमित्तिक र काम्य कर्महरू भने अधिकमास या क्षय मासमा भने गर्नु हुँदैन ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सूर्य सङ्क्रान्ति परेको छैन भने त्यो महिनालाई अधिकमास वा मलमास भनिन्छ अर्थात् एउटा सूर्य महिना भित्र दुईवटा औँशी परेमा त्यो महिना अधिकमास वा मलमास कहलाउँछ । यो अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेको र यो महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गर्नुभएकोले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

मानिस सुतिरहेको बेला देखिने तस्बिर, विचार तथा भावनाहरूलाई सपना भनिन्छ । सपनाहरूको श्रोत विभिन्न किसिमको हुन सक्छ । जस्तै हाम्रो दिमागमा आउने विचार, जीवनमा घटेका कुनै घटना या कुनै विषयवस्तु । ज्योतिष शास्त्र अनुसार कुरा गर्ने हो भने, हामीले देख्ने हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ ।

चिना एवं कुण्डली शताब्दीऔँ देखि विश्वास गरिएको अभ्यास हो जसले हामीहरूलाई आफ्नो जीवनमा भएका सम्भावनाहरूलाई केलाउने लगायत हाम्रो जीवनमा भएका योगफल, दोष, गुण तथा अवगुणलाई सरल ढङ्गमा विश्लेषण गर्न मद्दत गर्दछ l व्यक्तिको कुण्डलीमा ग्रहहरूको स्थान र तिनीहरूको पङ्क्ति बद्धताले उसको भविष्यको रोजगारको सम्भावनाहरू निर्धारण गर्ने गर्दछ ।

एक्काइसमुखी रुद्राक्षले भगवान कुबेरलाई दर्शाउँछ जो धन सम्पदाका स्वामी हुन्। यसको अतिरिक्त यसले भगवान शंकरको पनि प्रतिनिधित्व गर्दछ। एक्काइसमुखी रुद्राक्ष सबै रुद्राक्षमा एक मुख्य रुद्राक्ष हो। भगवान ब्रह्मा, विष्णु महेश तथा अन्य सबै देवी देवताहरु यो रुद्राक्षमा निवास गर्दछन्।

ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरुको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ ।

१६. सोह्रमुखी रुद्राक्षः– सोह्रमुखी रुद्राक्षलाई भगवान विष्णु तथा शिवको स्वरूप मानिएको छ। सोह्रमुखी रुद्राक्ष सोह्रकला तथा सिद्धिहरुको प्रतीक हो। यो केतुद्वारा संचालित हुन्छ। यो रुद्राक्षलाई विजय लक्ष्मी रुद्राक्ष पनि भनिन्छ। यसलाई धारण गर्नेवाला व्यक्ति सोह्रकला तथा सिद्धिहरुको ज्ञाता हुन्छ। अत्यन्त दुर्लभ तथा प्रभावकारी रुद्राक्षको प्रभावले यो रुद्राक्ष धारण गर्ने जातक गुप्त शत्रुहरूदेखि जोगिन्छन्। यो रुद्राक्षले चोरीबाट बचाउँछ भने अतुल यश, धन पनि प्राप्ति हुन्छ। यो रुद्राक्षको प्रभावकारी गुणलाई अनुभूति गर्नका लागि अष्टलक्ष्यार्चन वा लघुरुद्रीको पाठ गरेर “ॐ नमः शिवाय” यो पंचाक्षरी मन्त्र जप गर्दै सोमवारका दिन धारण गर्नु पर्दछ।

सातमुखी रुद्राक्षः– सातमुखी रुद्राक्षले सप्त घृत–मातृका तथा सप्तऋषिहरुको प्रतिनिधित्व गर्दछ। यो अत्यन्त उपयोगी तथा लाभप्रद रुद्राक्ष हो। यसको उपयोगले धन–सम्पत्ति, कीर्ति तथा विजय प्राप्त हुन्छ। सातमुखी रुद्राक्षलाई महालक्ष्मीको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शनि हो। ऐश्वर्य तथा आरोग्य प्राप्तिका लागि यो रुद्राक्ष धारण गर्न सकिन्छ। आर्थिक, शारीरिक तथा मानसिक विपत्तिबाट ग्रस्त व्यक्तिहरुका लागि यो कल्पतरुको समान हो। यो रुद्राक्षमा शनिको प्रभाव रहेको हुनाले न्यायोचित कार्यगर्न, विपत्ति वा संकट हटाउन यसले मदत पुर्याउँछ। यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शनिवार तथा सोमवारका दिन मात्र धारण गर्नु पर्दछ तब मात्र यसको असर (प्रभाव) देख्न तथा अनुभव गर्न सकिन्छ।

एघारमुखी रुद्राक्षका अधिपति देवता स्वयं रुद्र भगवान हुन् भने हनुमानलाई पनि अधिपति मात्र सकिन्छ। किनकि हनुमानसंग रुद्रको गुण विद्यमान छ र कहिं कतै रुद्रको अवतार पनि भत्रे गरिन्छ। यसलाई एकमुखी रुद्राक्षको प्रतिरूप पनि मानिएको छ। यो रुद्राक्ष सुख, समृद्धिदायक हुन्छ, यसलाई धारण गर्नाले सबै कार्य सिद्ध हुन्छन् र यसलाई आध्याम्मिक प्रभावले युक्त मानिएको छ। यो रुद्राक्षमा इन्द्रको स्वामित्व हुन्छ।

हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण)मा तिथिको महत्त्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट आर्को सूर्योदयसम्मको जुन समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिनछ त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत) निकाल्ने गरिन्छ ।

दशमुखी रुद्राक्षका अधिपति देवता भगवान विष्णुलाई मानिएको छ अथवा विष्णुको दिव्य दशावतारलाई मानिन्छ। यो दशमुखी रुद्राक्ष दश–दिशा, दश–दिक्पाल तथा दशावतारको प्रतीक हो। यसका संचालक ग्रह सम्पूर्ण नवग्रह नै हुन्। मान्यता छ कि यो रुद्राक्षमा भगवान विष्णुको दश अवतारको शक्ति समाहित छ। जसरी भगवान विष्णुको कृपा र अनुग्रहले सबै दिशाहरूबाट शुभ संकेत वा शुभफल प्राप्त भैरहेका हुन्छन् ठीक त्यसैगरि यो रुद्राक्षले पनि आफ्नो प्रभाव त्यस्तै देखाउँछ।

चारमुखी रुद्राक्षलाई साक्षात् चतुर्मुखी ब्रह्माको प्रतीक तथा देवी सरस्वतीको प्रतिनिधि मानिएको छ। यसको संचालक ग्रह बुध हो, त्यसकारण यो चारमुखी रुद्राक्ष शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नमा सहायक हुन्छ। चारमुखी रुद्राक्षले बुध जन्य हानिकारक प्रभाव समाप्त गर्ने र देवी सरस्वतीलाई प्रसत्र गर्नका लागि उत्तम मानिएको छ।

यहाँ मैले रुद्राक्षको संक्षिप्त परिचय वर्णन गर्ने प्रयास गरेको छु। आजको प्रयोगात्मक युगमा हामीहरू प्रयोग सिद्ध गरेर मात्र यसमा विश्वास गर्ने गर्छौ, किनकि हाम्रो मानसिक स्तर त्यसै किसिमको बनिरहेको छ। लोक व्यवहारमा रुद्राक्षको घट्दो प्रयोगका कारण वनस्पतीय गुण हामीले भुलिसकेका छौं, त्यसैले यहाँ रुद्राक्षको विषयमा विशेष जानकारी प्रस्तुत गर्न आवश्यक छ। सामान्य रूपमा देखिने रुद्राक्षको बोटमा अनेकौं विशेषताहरु हुन्छन्। रुद्राक्ष भगवान शिवलाई अत्यन्त प्रिय छ।

हाम्रा वेदहरु भन्दछन- सूर्य आत्मा जगत: तस्थुखश्च, व्यवहारिक र वैज्ञानिक धरातलमा पनि यो सत्य ठहर्छ । जीव र जगतका आत्मा हुन सूर्यदेव । वेदका आँखा ज्योतिषको दृष्टिले सूर्यका गति अनुसारको भिन्न भिन्न फल हुने मानिन्छ । तपाई हाम्रो जीवनमा सर्वाधिक प्रभाव पार्ने सूर्यदेव ग्रह पनि हुन र देवता पनि हुन । शनि र यमराज सूर्यका पुत्र मानिन्छन ।

आकाश मण्डलमा भएका ताराहरूको समूह नै नक्षत्र हो । वैदिक ज्योतिषमा नक्षत्रलाई धेरै महत्त्वपूर्ण अङ्ग मानिएको छ । वेद जस्तो सर्व प्राचीन ग्रन्थमा पनि नक्षत्रको बारेमा विशेष जानकारी दिइएको छ । नक्षत्रले आफ्नो प्रभावबाट कुनैपनि व्यक्तिको जीवनमा परिवर्तन ल्याउने क्षमता राख्दछ, त्यसैले हाम्रो सनातन धर्ममा नक्षत्रको अवस्था हेरी प्रतिकूललाई अनुकूल बनाउने प्रयास र तत् सम्बन्धी ग्राहको पाठ, पूजा, यज्ञ, अनुष्ठान, साधना र व्रत आदि गर्ने विधान रहेको छ ।

चराचर जगत गतिशील छ । ग्रह नक्षत्रहरु पनि आफ्नै कक्षमा गतिशील छन । नवग्रह मध्ये शनि सबभन्दा प्रभावकारी मानिन्छ । यो ग्रह अरु भन्दा टाढा छ त्यसैले ढिलो हिंडछ भनिन्छ । तीस महिनासम्म एउटै राशिमा संचार गर्छ । लामो समयसम्म एउटै राशिमा बस्ने भएकाले अन्य ग्रहले भन्दा बढ़ी र पक्का असर प्रभाव दिने गर्छ । सबैभन्दा प्रभावशाली ग्रह अहिले कहाँ छ र कता जाँदैछ अनि त्यसले मलाई या मेरा प्रियजनलाई के कस्तो असर गर्ने छ भन्ने जान्न सबैलाई मन हुन्छ ।

कालसर्प योग भनेको के हो ? कालसर्प योगको निर्माण कसरी हुन्छ ? र यसको समाधान के हो त ? राहु र केतु यी दुई ग्रह सौर्यमण्डलमा सँधै १८० डिग्रीको अन्तरमा हुने गर्दछन् । कहिले पनि यि दूइको दुरी घटबढ हुँदैन । जब सौरमण्डलमा राहु र केतु को एक पट्टि मात्र सबै ग्रह हुन पुग्दछन् त्यो समयमा कालसर्प योग हुने गर्दछ ।

तपाईंको जन्मवार के हो ? हामीहरूलाई अवगत नै भएको कुरा हो हाम्रो जन्म सातादिन मध्ये कुनै एकदिनमा हुने निश्चित छ । यिनै सात वारमा जन्मने मनुष्यको भिन्न भिन्न जन्मवार फलको कुरा शास्त्रले गरेको छ, हेरौं सात वारको जन्मफल

राहु र केतुको कथा पनि विचित्रै छ— पुराण आदि पढ्नाले थाहा हुन्छ कि पृथिवीमा जीवनलाई तीन मुख्य भागमा बाँडिएको छ — मानव, असुर र दानव। यस्को अतिरिक्त देवताहरु पनि थिए जसकि आमा माता अदितिको बारेमा हामीले पहिला नै चर्चा गरिनै सकेका छौं । असुर, दानव दैत्य र देवताका पिता त एउटै थिए ऋषि कश्यप। परन्तु अलग–अलग माताको कोखबाट जन्म लिनुको कारण यिनीहरुको नाम अलग–अलग भएको हो।

तपाईंको लग्न के हो ? हाम्रो वैदिक ज्योतिषमा लग्नको विशेष महत्त्व हुन्छ । जब व्यक्तिको आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग अवतरित हुन्छ त्यसै क्षणमा पूर्व क्षितिजमा जुन राशि उदित हुन्छ त्यसै कोणलाई लग्न भनिन्छ, अतः लग्नको निर्धारण भने बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय हुने राशिको आधारमा गरिन्छ । यदि पूरै क्षितिजलाई ३६० डिग्री मानेर त्यसलाई १२ भाग लगाउँदा १ राशिको ३० डिग्री हुन्छ अर्थात् ३० डिग्री गुणा १२ = ३६० डिग्री ।

शनिको जन्म कसरी भएको भत्रे कुरा त हामीले सूर्यको अंशमा पढिनै सकेका छौं तर पनि छाया र सूर्यका पुत्र शनि महाराज बालककाल देखिनै भगवान् श्रीकृष्णका परम भक्त थिए। ब्रह्मपुराणमा यो कथा मिल्दछ कि युवावस्था भएपछि शनिको विवाह सूर्यले गन्धर्वराज चित्ररथ कि छोरी धामिनीसंग गरिदिएका थिए।

शुक्र ग्रहको पौराणिक कथा महाभारत आदि पर्वको अनुसार शुक्राचार्य दानवका पुरोहित तथा योगका आचार्य हुन्। महाभारत तथा मत्स्य पुराणको अनुसार शुक्राचार्यले शिवलिंगको स्थापना गरी यस्तो कठोर तपस्या गरे कि भगवान शंकर स्वयं प्रकट भए। शुक्राचार्यले शंकरजी को स्तुति “अष्ट मूत्र्तयाष्टक स्तोत्र” ले गरे। शुक्राचार्यले आफ्ना शिष्य तथा दानवहरुका लागि भगवान् शंकरको जो आराधना गरे त्यस्तो आराधना आजसम्म कसैले पनि गरेका छैनन्। त्यसकारण भगवान् शंकरले एकमात्र उनैलाई मृत– संजीवनी विद्याको वरदान दिए। साथमा अरु पनि वरदान दिए जस्तै—उनी ग्रहहरुमा सर्वोपरि रहने छन्।

महाभारतको आदि पर्वमा एक कथा आउछ कि वृहस्पति ऋषि अंगिराका पुत्र हुन् भनेर। ऋषि अंगिरा कि पत्नीले सनक–सनन्दन–सनातन–सनत्कुमारले भनेको उत्तम व्रतको पालन गरी वृहस्पतिलाई पुत्र रूपमा पाएकि हुन्। कहीं कतै यस्तो कथा पनि भेटिन्छ कि ऋषि अंगिरसका पुत्र भए अथर्वन, अथर्वनका पुत्र उशिज, उशिजका तीन पुत्र भए क्रमशः उचथ्य, वृहस्पति र संवत्र्त।

मंगल ग्रहको पौराणिक कथा मंगललाई भूमिपुत्रको रूपमा जानिन्छ। प्रत्येक कल्पमा मंगलको जन्मबारे भिन्न-भिन्न कथा पाइन्छन्। प्रायः प्रत्येक कथामा मंगललाई भूमिपुत्र नै मानिएको छ।

श्रीमद्भागवत–महापुराणको अनुसार ऋषि अत्रि तथा अनुसूयाका पुत्र हुन् चन्द्रमा। एक समय ब्रह्मा, विष्णु र शंकर जी देवी अनुसूयाको पतिव्रता धर्मको परीक्षा लिनका लागि भिक्षुकको भेष धारण गरी उनको आश्रममा गए।

“सूर्य आत्मा जगत: तस्थुषश्च” इत्यादि वेद वचन अनुसार संसार र संसारभरिका जीवहरुको आत्मा नै सूर्य हो । आत्माले नै अनेक भोग इच्छा गर्ने र कर्मानुसार शरीर धारण गर्ने गर्छ । महर्षि कश्यप र अदितिबाट जन्मेकाले काश्यप आदित्य आदि अनेक नामले व्यवहार गरिन्छ ।

पुराणहरुमा आदि सूर्यको कल्पना गरिएको छ। भनिएको छ परमपिता ब्रह्माजीको मुखबाट सुरुमा “ओऽम्” प्रकट भयो यही सूर्यको आदि स्वरूप तथा सूक्ष्मरूप हो। यद्यपि “ओऽम्”कार भन्दा पहिला पनि ब्रह्माजीले आफ्नो मुखबाट भूः, भुवः तथा स्वः आदि उत्पत्र गरेका थिए।

कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ ।

हाम्रो वैदिक सनातन परम्परा तथा ज्योतिषशास्त्रमा नवग्रहहरुको विशेष विचार गर्ने गरिन्छ। यसमा सात आकाशीय पिण्ड छन् र अरु दुई राहु तथा केतु छाया ग्रह हुन्।

ज्योतिष शास्त्र अनुसार कुनैपनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जानेभएकाले यसलाई मेष विषुवत्संक्रान्ति भनिन्छ ।

हाम्रो जीवन शैली प्रकृतिसँग जोडिएको हुन्छ । रात्रिमा सुत्नु जस्तो उत्तम केही हुँदैन । रातभर काम गर्ने र दिनभर सुत्ने गर्दा प्रकृतिको संकेत विरुद्ध हुन जान्छ र अन्ततोगत्वा रोग कारक बन्दछ ।

खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ ।

विवाह भनेको जीवनभरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो । अन्य साथीभाइसँगको सम्बन्ध बिग्रे पनि धेरै क्षति हुँदैन तर जीवनसाथीसँगको सम्बन्ध बिग्रेमा जीवन नै नरक बन्दछ, साह्रै ठुलो क्षति हुन जान्छ । अन्य उपायले यो क्षतिको क्षतिपूर्ति हुनै सक्दैन ।

हामी समयको एकाईलाई विभिन्न नामले चिन्ने गर्छौं । जस्तै सेकेण्ड मिनट घण्टा दिन रात हप्ता महिना बर्ष शताब्दी सहस्राब्दी युग चतुर्युग, मन्वन्तर कल्प आदि अनेक नाम समय खण्डका नाम हुन । यी नाम मध्ये सप्ताह अर्थात् सात दिनरात को समय खण्डलाई हप्ता भन्ने गर्छौं ।

जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ

ढिलो विवाह हुनाले परिणामस्वरूप हामीले उपयुक्क्त जीवन साथी भेटाउन गाह्रो हुन्छ । विवाहमा ढिलाई भएको तब महसुस हुन्छ, जब विवाहको कुरा चलेतापानी विवाहमा कुनैन कुनै कारणले वाधा आउँछ ।

प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्तो रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई जैविक वा वंशलोचन भनिन्छ ।

शनि ग्रह (Saturn) सौर्यमण्डलमा सबै भन्दा सुस्त गतिमा हिड्ने 'शनै शनैश्चरति इति शनैश्चर' (slow-moving) ग्रह भनेकै शनि हो । सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रहको रूपमा अवस्थित एउटा ग्यासको पिण्ड gas giant हो, जसमा ग्यास नै ग्यास रहेको छ, यसमा ठोस सतह नै छैन ।

प्रेम एउटा स्वभाविक मानवीय गुण हो । जीवनको कुनै मोडमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने र आफ्नो मनमा अनेक तर्कहरू आउन सक्दछ । धेरै नै प्रयास र धेरै कर्म गर्दा पनि प्रेमजीवन असफल र निराश भएको देख्न सकिन्छ ।

वैवाहिक जीवनमा गुण मिलानको महत्त्वपूर्ण भूमिका रहन्छ । ज्योतिष शास्त्रीय मान्यता अनुसार विवाहमा अष्टकुट मिलान गरिन्छ । जस अन्तर्गत १ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ गण ग्रहमैत्री, ७ भकुट र ८ नाडी यी अष्टकुट मिलान गरेर गुण मिलान गरिन्छ ।

मांगलिकको अर्थ हुन्छ श्रेष्ठता वा शुभ, तर हाम्रो जन्मकुण्डलीमा मांगलिक योग छ भने वित्तिकै वैवाहिक सम्बन्ध बिग्रिन्छ नै भन्ने भ्रम भएको देखिन्छ । ज्योतिष शास्त्र अनुसार मांगलिक योग अशुभ योग होइन ।

समय विज्ञान हो ज्योतिष । तेस्रो नेत्र (Third Eye) हो ज्योतिष । ज्योति अर्थात् उज्यालो प्रकाश नै ज्योतिष शब्दको अर्थ हो । उज्यालो प्रकाश बिना जीवन सम्भव हुँदैन । आँखा विनाको जीवन अन्धकारमय हुन्छ । सूर्य भन्नु आँखा भन्नु या ज्योतिष भन्नु यी सबै समानार्थी शब्द हुन ।
