Blog · Literatureहाम्रो ज्योतिष

सातमुखी रुद्राक्षः– सातमुखी रुद्राक्षले सप्त घृत–मातृका तथा सप्तऋषिहरुको प्रतिनिधित्व गर्दछ। यो अत्यन्त उपयोगी तथा लाभप्रद रुद्राक्ष हो। यसको उपयोगले धन–सम्पत्ति, कीर्ति तथा विजय प्राप्त हुन्छ। सातमुखी रुद्राक्षलाई महालक्ष्मीको स्वरूप मानिएको छ। यसको संचालक ग्रह शनि हो। ऐश्वर्य तथा आरोग्य प्राप्तिका लागि यो रुद्राक्ष धारण गर्न सकिन्छ। आर्थिक, शारीरिक तथा मानसिक विपत्तिबाट ग्रस्त व्यक्तिहरुका लागि यो कल्पतरुको समान हो। यो रुद्राक्षमा शनिको प्रभाव रहेको हुनाले न्यायोचित कार्यगर्न, विपत्ति वा संकट हटाउन यसले मदत पुर्याउँछ। यो रुद्राक्ष धारण गर्नुभन्दा पूर्व “ॐ हुं नमः” यो बीज मन्त्रलाई पुरश्चरण गरेर शनिवार तथा सोमवारका दिन मात्र धारण गर्नु पर्दछ तब मात्र यसको असर (प्रभाव) देख्न तथा अनुभव गर्न सकिन्छ।
