Blog · Literatureहाम्रो ज्योतिष

चराचर जगत गतिशील छ । ग्रह नक्षत्रहरु पनि आफ्नै कक्षमा गतिशील छन । नवग्रह मध्ये शनि सबभन्दा प्रभावकारी मानिन्छ । यो ग्रह अरु भन्दा टाढा छ त्यसैले ढिलो हिंडछ भनिन्छ । तीस महिनासम्म एउटै राशिमा संचार गर्छ । लामो समयसम्म एउटै राशिमा बस्ने भएकाले अन्य ग्रहले भन्दा बढ़ी र पक्का असर प्रभाव दिने गर्छ । सबैभन्दा प्रभावशाली ग्रह अहिले कहाँ छ र कता जाँदैछ अनि त्यसले मलाई या मेरा प्रियजनलाई के कस्तो असर गर्ने छ भन्ने जान्न सबैलाई मन हुन्छ ।
