Blog · Literatureहाम्रो ज्योतिष

वास्तुशास्त्रले केवल आवासीय भवनको मात्र चिन्तन गर्दैन । यसले आवासीय, व्यवसायिक भवन, क्षेत्र, स्थान, कार्य, अवस्थिति आदिका बारेमा पनि चिन्तन गर्दछ । प्रमुख रूपमा आवासीय र व्यवसायिक भवनको मात्र सिद्धान्त र चिन्तनको परम्परा रहेको जस्तो भए पनि वस्तुतः यसले निर्माणका हरेक क्षेत्र र कार्य (व्यापार, निर्माण, मानव, प्राणी, वनस्पति, जीव, निर्जीव, पृथ्वी, तेज, जल, वायु, आकाश, खगोल, भूगोल) रूप, रस, गन्ध, स्पर्श आदि सबै क्षेत्रमा चिन्तन र सिद्धान्तको स्थापना गर्ने प्रयास गरेको छ । निर्माणमा नै मूर्तिकला, चित्रकला, काष्ठकला, रंगकला (ललितकला, प्रस्तरकला) आदिको बारेमा पनि यथाशक्य प्रामाणित हुने, भएको तथ्यलाई सिद्धान्तका रूपमा स्थापित गरेको छ ।
