Capricorn
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको प्रारम्भमा अनुशासन र निरन्तरताको परीक्षा हुने समय रहनेछ। अरूले नदेखेका साना कामलाई पनि जिम्मेवारीपूर्वक पूरा गर्दा ठूलो उपलब्धिको आधार तयार हुनेछ। विद्यार्थीका लागि अध्ययनमा प्रगति हुनेछ। साताको मध्यमा पुरानो अनुभवले कठिन निर्णयलाई सहज बनाउन मद्दत गर्नेछ। भाग्यले साथ दिने योग साताभरीनै रहनेछ। रोकिएका काम पूरा हुनेछन्। प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्यप्रति सचेत रहँदा दिन अझ सुखद रहनेछ। साताको अन्त्यमा आफुले गरेको मेहनतको मूल्य प्राप्त गर्ने अवसर मिल्नेछ। शनिबार पीपलको रुखमा जल अर्पण गरी दीप प्रज्वलन गर्नु शुभ रहनेछ। यो साताको शुभ रंग गाढा निलो र खैरो हो भने शुभ अंक १ र ४ रहेको छ।