Capricorn
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। साताको मध्यमा विद्यार्थीहरुलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ। नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन्। साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन्। कार्यक्षेत्रमा सीनियर वा जुनियरको सहयोग मिल्नेछ। कमिसन वा साझेदारीमा कार्य गर्नेहरूलाई यो समय चुनौतीपूर्ण रहनेछ। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ६ र ७ रहेको छ।