Pisces
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। चासो लाग्ने कार्यमा मन लाग्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा नयाँ उपलब्धि हासिल भएतापनि जिम्मेवारी बढ्नेछ। योग्यताको उचित मूल्यांकन हुनेछ। साताको अन्तिममा आसमर्दो कार्य बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग निलो र बैजनी हो भने शुभ अंक ६ र ९ रहेको छ।