तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रतिभाको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। रोकिएको कार्य पुनः प्रारम्भ हुनेछ। साताको मध्यमा शेयर बाजारबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा कार्य कुशलताको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। साताको अन्त्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। सदैव देवी भगवतीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक २ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: