तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साताको मध्यमा नोकरी वा पेशामा अधिकारीबाट सहयोग पाइनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्त्यमा आकस्मिक खर्चले धनसंग्रहमा बाधा पुग्नेछ। तारिफ योग्य कार्य गर्दै पदीय जिम्मेदारी प्राप्त गर्न सकिनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र पहेलो हो भने शुभ अंक २ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: