Nepali Weekly Rashifal 2082 | साप्ताहिक राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साताको प्रारम्भमा माताका स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूको मध्ये असमझदारी बढ्नेछ। साताको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ भने विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। साताको अन्त्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। सदैव हनुमानजीलाई More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

साताको प्रारम्भमा इष्टमित्र र प्रभावशाली व्यक्तिहरूको सहयोगले रोकिएको कार्यसम्पादन हुनेछ। नोकरी वा पेशामा सफलता मिल्नेछ। साताको मध्यमा धन लाभ हुनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। साताको अन्त्यमा सोचे अनुरुप परीक्षामा सफलता प्राप्त हुनेछ।भविष्यलाई लिएर नयाँ योजनाहरु बन्नेछन्। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

साताको प्रारम्भमा आफन्तहरूसँग मनमुटाव सुल्झिनेछ। धैर्यताको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। साताको मध्यमा भावनामा आएर कुनै पनि नयाँ निर्णय नलिनुहोस्। अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको प्रारम्भमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर धेरै चिन्ता रहनेछ। पेटजन्य समस्या बढ्नेछ। कानुन विपरीत कार्य नगर्नुहोला। साताको अन्तिममा आयार्जनका स्रोत फेलापर्नुका साथै मानसम्मानमा वृद्धि हुनेछ। सामाजिक कार्यले छरछिमेकीहरूबाट प्रशंसा पाइनेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। साताको मध्यमा स्वरोजगारको नयाँ मार्ग प्रशस्त हुनेछ। बाणीको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा लगनशीलताले उचित परिणाम मिल्नेछ। आफन्तहरूबाट सोचे जस्तो More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

साताको प्रारम्भमा आकस्मिक धनलाभका योग छन्। सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। साताको मध्यमा विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र पहेलो हो भने शुभ अंक ६ र ८ More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको प्रारम्भमा नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा साझेदारीसँग मनमुटाव सुल्झिनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस्। आर्थिक पक्ष सबल रहनेछ। साताको अन्तिममा धर्मकर्ममा रुचि बढ्नुका साथै आध्यात्मिकतर्फ झुकाव रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्नुहोस्। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरूको कोरिनेछन्। साताको मध्यमा काममा सीनियर र जुनियर दुबैको सहयोग मिल्नेछ। आफ्नो विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ। साताको अन्तिममा शेयर बजारबाट लाभ हुनेछ। दाजुभाईमा आत्मीय भाव पढ्नेछ। सदैव शिवजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग आकाशी र More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

साताको प्रारम्भमा यात्रा अलि कष्टदायी रहनेछ। स्वास्थ्यलाई लिएर टाउको दुख्ने वा हड्डी दुख्ने समस्याले सताउनेछ। साताको मध्यमा पहिला गरेका कामबाट प्रशस्त लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। साताको अन्तिममा कुनै विशेष समारोह आदिमा सहभागी हुने मौका मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसकहरु बढ्नेछन्। सदैव More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

साताको प्रारम्भमा कामकाजमा धेरै खटिनुपर्ला। समय सफलतादायक रहनेछ। गरेको कामको जस पाउनुहुनेछ। साताको मध्यमा समयमा सही निर्णय नलिँदा परिस्थितिवस पछाडि परिएला। पारिवारिक सद्भावमा कमी आउनेछ। साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ। भाग्यको साथले नयाँ प्रबन्ध जुटाउनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साताको प्रारम्भमा भौतिक संसाधन जुटाउन सफल भइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। साताको अन्तिममा नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नुपर्ला। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

साताको प्रारम्भमा विश्वास पात्रबाट दुःख पाइएला। नियमित कार्य सम्पादन गर्नमा बाधा आउनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको अन्तिममा परिश्रम र लगनशीलता लक्ष्य प्राप्तिमा सहायक हुनेछ। विद्यार्थीहरूलाई परीक्षामा सोचे अनुरुप परिणाम प्राप्त हुनेछ। सदैव भैरवको More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.