४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना सुरु, एआईदेखि एनिमेशनसम्म अवसर
techpana.com · Fri Aug 14 02:00:12 GMT 2026

काठमाडौंः नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना सुरु भएको छ । युवाहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरु प्रदान गर्ने यो परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ । नेपाली युवाहरुको डिजिटल गतिशिलता र महत्त्वाकाङ्क्षालाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको उडान परियोजनाको नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको उपस्थितीमा सार्वजनिक भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा युथ इनोभेसन ल्यावले आफ्ना साझेदारहरु हेफर प्रोजेक्ट नेपाल, नामी र विमेन इन एनिमेसनसँगको साझेदारीमा परियोजना अघि बढाउन लागेको हो । सातै प्रदेशमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४५ हजार युवाले डिजिटल सीप प्राप्त गर्ने अपेक्षा लिइएको छ । यसैगरी, चार सय २० युवालाई उद्यम स्थापनामा सहायता तथा आठ सयलाई उच्च शिक्षापछि निजी क्षेत्रमा प्रशिक्षार्थीका रुपमा रोजगारी प्रदान गरिनेछ ।
Read full story at source (techpana.com)