Blog · LiteratureFashion (फेसन)
मन्दिप गाैतम · Nov 10, 2016
कार्यक्रम को मुख्य आकर्षणहरु
आफ्नो कलाकारिताबाट राष्ट्रीय अवार्ड समेत हात पारेकी नायिका नम्रता श्रेष्ठ सिड्निमा हुनलागेको "फैसनमाण्डु २०१६" मा सोजस्टोप्परको रूपमा देखापर्ने छिन । आफ्नो उत्कृष्ट फैशन सेन्सको लागी चर्चा कमाइरहने नम्रता थुप्रै युवायुवतिहरुको लागी रोल मोडलपनी हुन । उनले नाेभेम्वर १८ अष्ट्रेलियामा आयोजना हुन लागेको "फैसनमाण्डु २०१६" मा देखा पर्ने भएपछी सो इभेन्ट कुरेर बसेका सबैमा नयाँ उत्साह थपिएको छ । उनको सहभागितले सो इभेन्टलाई एउटा छुट्टै स्तरमा पुर्याउने आयोजकहरुको अनुमान छ ।