Scorpio
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव हुन सक्छ सचेत रहनुहोस्। चिताएको कार्यसम्पादन हुन गाह्रो हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन्। साताको अन्तिममा श्रम धेरै परेपनि कार्यक्षेत्रबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। पिताको साथ र सहयोगले मन प्रसन्न रहनेछ। सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक ३ र ८ रहेको छ।