Libra
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। पितासँग मनमुटावका योग छन्। साताको मध्यमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नमा बाधा हुनेछ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या रहनेछ। पौष्टिक र सादा भोजनको सेवन गर्ने प्रयास गर्नुहोला। साताको अन्तिममा कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुनेछ। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक १ र ८ रहेको छ।