Taurus
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा विवादास्पद कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। घर परिवारमा मांगलिक कार्यको रूपरेखा बन्नेछ। पारिवारिक उल्झनमा समय बित्नेछ। साताको मध्यमा आर्थिक लाभको स्थिति बनिरहेको छ। नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। घरमा साना बालबच्चालाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा मान सम्मानमा कमी आउन सक्छ। न्यायिक वा कानुनी मामिलाहरूमा सजगता अपनाउनुहोस्। व्यापार व्यवसायमा लाभ आर्जनको लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ। यो साताको शुभ रंग पहेलो र हरियो हो भने शुभ अंक ३ र ९ रहेको छ।