Gemini
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान तर्फ झुकाव रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकको साथ र सहयोग मिल्नेछ। साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको लागि नयाँ अवसर प्राप्त हुनेछ। शत्रुहरूलाई पनि आफ्नो लगनशीलताले आफूतर्फ झुकाउन सकिनेछ। साताको अन्तिममा संचित धनमा वृद्धि हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक ४ र ५ रहेको छ।