April Fool Day | विश्व मूर्ख दिवस | २०८० चैत १९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2024
    २०८० चैत
    १९
    सोमवार
    Apr 01, 2024
    चैत कृष्ण सप्तमी
    विश्व मूर्ख दिवस ( April Fool Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व मूर्ख दिवस





    विश्व मूर्ख दिवसलाई सामान्यतया अप्रिल फूल भनेर बुझिन्छ ।

    अप्रिल फुल पछाडिको पृष्ठभूमि

    यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासन रहेका वेला, आजकै दिनमा कैदी एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिइएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेन्डर मा होली, ज्वीस अर्थात् यहुदीहरूको क्यालेन्डर मा पुरीम र रोमनहरूको क्यालेन्डर मा अतीस पर्व पर्दछन् । मार्चको मध्य वाट र अप्रिलको प्रथम साता बिचमा यी पर्वहरू पर्ने गर्दछन् । वसन्त को आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामी मध्य धेरैको सम्झना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?

इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वृद्धि सँगै मान्यता पाउँदै गयो ।


    रुखबाटै चाउचाउ टिपेको भिडियो

    
सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाई दिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आज डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।

विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्ता धेरै क्रियाकलापहरू गरेका यादहरू पनि छन् नि , कि कसो ?

मूर्ख र सज्जन एक आपसमा वाँझिएका शब्दहरू हुन् । आज मूर्ख दिवस हो , विश्व मूर्ख दिवस । आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई संभmना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न ।

बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यस वाट सिक्न अनि अगाडी बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख वनाउनुहोस तर हँसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउस फूल होस् ।



    -हाम्रो पात्रोको लागी सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.