International Labour Day/Budhaastami Vrata/Gorakhkali Puja | अन्तर्राष्ट्रिय श्रमिक दिवस/बुधाष्टमी व्रत/गोरखकाली पूजा | २०८१ वैशाख १९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2024
    २०८१ वैशाख
    १९
    बुधवार
    May 01, 2024
    वैशाख कृष्ण सप्तमी
    अन्तर्राष्ट्रिय श्रमिक दिवस/बुधाष्टमी व्रत/गोरखकाली पूजा ( International Labour Day/Budhaastami Vrata/Gorakhkali Puja )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवस । बुधाष्टमी व्रत । गोरखकाली पूजा





    अन्तर्राष्ट्रिय श्रमिक दिवस , पसिनाको मूल्य ले हाँस्न पुगोस् ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस
    इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि श्रमसँग सम्बन्धी तत्त्वहरूको सान्ध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्युबा र पूर्व सोभियत युनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रूपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रिक रूपमा अझ महत्त्व र उत्कर्षका साथ देख्न जरुरी छ ।

    १९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।

    मे दिवसको पृष्ठभूमि
    १९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा "हे मार्केट काण्ड" भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागी विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस् त्यो आन्दोलन पूर्व सामान्य रुपमा संसारभरिका कामदारहरूले दैनिक १६ घण्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी ८ घण्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम सहिदहरूको सम्झना पनि गर्न जरुरी छ ।



    पहिलो मे दिवसको घोषणाको वाक्यांश के थियो ?
    सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको ऐतिहासिक वाक्यांशको अङ्ग्रेजी र नेपाली रूपान्तरण यहाँ केवल हाम्रो पात्रोको आँगनमा फिँजाउन चाह्यौ

    THE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY.

    अर्थात् एक दिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बलियो हुनेछ ।
    माथिको वाक्यांशले उति वेलाका उधोगपती हरुलाई सम्बोधन गरेको छ, यस अर्थमा १३० वर्ष भन्दा धेरै समय अगाडि वाटै केही न केही हिसाबमा आजसम्म पनि उद्योगपति र श्रमिक बिचको खाल्डो भने रहीनैरहेको छ , आजको विश्वमा । मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई संस्थागत गर्न सकोस् अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मूल्य दियोस् ।

    नेपालमा मे दिवस
    नेपालको परिपक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी इतिहास छ । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरू अटाउँदछौ । विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरु मध्यको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसीनाको उपज हो । तर देश स्वयंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्ट वाटै सुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको बहिर्गमन प्रक्रियामा भएको दलाल तन्त्र अनि सरकारी उदासीनता वाट थाहा हुन्छ ।सरकारका अनगिन्ती प्रयासका वावजुत वैदेशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाउँमा छ भने देश भित्र पनि श्रमिकहरूको श्रम गरेर खाने दर्दनाक अवस्थाले बयान गर्दछ ।

    पसिनाको मूल्यले आर्जेको धन, मन अनि निन्द्राको व्याख्या त महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् गरिब भन्छौ संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि एक फेर नमन गर्दछ हाम्रो पात्रो ती रिक्सावाला साथीहरू, गाडीमा कार्यगत श्रमिकहरू, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाइ दिदीबहिनी, अरबमा पसिना पुछ्दै या अन्य विदेशी भूभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरू, कोदालोले हातमा ठेला उठेका हातहरू, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबै जनाको जीवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनपर्नेछ । पसिनाको मूल्य ले हाँस्न पुगोस् ।

    बुधाष्टमी व्रत



     

    बुधवार को दिन अष्टमी पर्न गएमा एउटा अलौकिक र महत्त्वपूर्ण तिथिको समायोजन हुन्छ जसलाई हामी बुधाष्ठमी भन्दछौँ ।
    ब्रह्माण्ड पुराणमा यस तिथिको महत्त्व विशेष रूपमा अभिव्यक्त गरिएको पाइन्छ ।
    यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनसक्छ ।
    यस दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यहरू लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान् बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।

    बुधाष्टमी को दिन के के गरिन्छ ?
    यस व्रतमा बिशेषत शिव पार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । बुध ग्रहको दोष भएका मान्छेहरूका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबै जनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।

    गोरखकाली पूजा
    बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।

    बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
    यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
    गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
    यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।



    गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।

    गोरख सन्देश
    गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –

    देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।

    अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।


    हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।

    गोरखकाली पूजाको असीम स्नेह ।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.