World Earth Day | विश्व पृथ्वी दिवस | २०८१ वैशाख १० | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2024
    २०८१ वैशाख
    १०
    सोमवार
    Apr 22, 2024
    चैत शुक्ल चतुर्दशी
    विश्व पृथ्वी दिवस ( World Earth Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व पृथ्वी दिवस





    विश्व पृथ्वी दिवसको पृष्ठभूमि
    पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको सुरुवातका रूपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो ।

    किन मनाइन्छ विश्व पृथ्वी दिवस ?
    राष्ट्र सङ्घको निर्णयपछि हाल एक सय ९२ बढी देशमा यो दिवस भव्यताका साथ मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ । सन १९७० वाट सुरुवात गरिएको यस दिवस सन २०२२ मा ५२ वर्ष प्रवेश गर्दछ, त्यस वेलासम्म पृथ्वीको प्रदूषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ ।

    पृथ्वीको बढ्दो तापक्रमको प्रभाव
    २०औँ सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौती हो । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

    ठुला ठुला हवाईजहाज र परमाणु बमहरू सृजना र निर्माण गर्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन, माटो प्रकृति हो, हावा प्रकृतिको प्रवृत्ति हो अनि पानी जीवन हो । यी सबै कुराहरूको रक्षा, सदुपयोग अनि उचित प्रयोगका बारेमा आज विश्व भरि कार्यशाला गोष्ठीहरू र अन्य कार्यक्रम गरिँदै १९३ बढी देशहरूमा मनाइन्छ ।

    विश्व पृथ्वी दिवस २०२४ को नारा
    "Planet Vs. Plastic "
    यस वर्षको नाराले मानव र ग्रहको स्वास्थ्यको लागि प्लास्टिक प्रदूषणको हानि बारे सचेतना जगाउने उद्देश्य राखेको छ। यसअघिका घटनाहरूले जलवायु परिवर्तन र स्वच्छ ऊर्जादेखि लिएर प्रजातिहरूको संरक्षण र रूख रोप्ने फाइदाहरूसम्मका विभिन्न वातावरणीय मुद्दाहरूलाई समेटिएका छन्।

    प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । प्रकृति सर्वोपरि छ, यसको सुरक्षा हाम्रो कर्तव्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचुरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस् ।

    -हाम्रो पात्रोको लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.