Seto Machindranath Rath Yatra/Chaitey Dashain/Bhaumashtami Vrata/Gorakhkali Puja | जनबहा द्यः जात्रा (सेतो मच्छिन्द्रनाथ जात्रा)/चैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा | २०८१ वैशाख ४ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2024
    २०८१ वैशाख

    मंगलवार
    Apr 16, 2024
    चैत शुक्ल अष्टमी
    जनबहा द्यः जात्रा (सेतो मच्छिन्द्रनाथ जात्रा)/चैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा ( Seto Machindranath Rath Yatra/Chaitey Dashain/Bhaumashtami Vrata/Gorakhkali Puja )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    चैते दशैँ । भाैमाष्टमी व्रत । जनबहा द्यः जात्रा (सेतो मच्छिन्द्रनाथ जात्रा) । गोरखकाली पूजा




    चैते दशैँ विशेष अडियो सामग्री

    चैते दसैँ
    वर्ष २०८१मा आइपुग्दा एउटा वाक्यांश निकै चर्चित रह्यो ।
    कसको विश्वास गर्नु र खै, चैते दसैँ नै वैशाखमा परे पछि भन्ने ।

    यस वर्षको चैते दसैँ वैशाखमा पर्न गएको छ ।

    दसैँको एउटा प्रतिबिम्ब
    यो चैते दसैँ पनि असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरूका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।


    वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरिन्छ ।

    चैत शुक्ल अष्टमीका दिन के के गरिन्छ ?
    चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ । बलिका क्रियाकलापहरू पर्यटकहरूले सार्वजनिक रूपमा हेर्न पाउँछन् । पर्यटकीय रूपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवती मन्दिरहरू अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुइँचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्छ ।

    रामचन्द्रको वनवास सकिएको दिन
    आजकै दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरू उहाँको १४ वर्षे वनवासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।

    मुख्य दसैँमा झैँ चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।

    छोरी चेली लगायत दिदी–बहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा–मासु खाने चलन छ । यसका लागि बलि दिइन्छ भने साहाकारीहरूले भने घिरौँला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।

    असत्य अनि असमानता घट्दै जाओस्, सत्य अनि सत्य वक्ताको सधैँ जित होस् । असत्य भन्दा सत्यको महत्त्व जीवन्त हुन्छ र भइरहोस् । जय होस्

    भौमाष्टमी व्रत
    अष्टमी तिथि दशैंको एउटा रौनक हुन्छ भने आजका दिनमा नै भौमाष्टमी व्रत लिने चलन पनि रहन्छ । सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् । यस दिनको भोजभत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैँमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।

    अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।

    श्वेत मत्स्येन्द्रनाथ रथ यात्रा
    सेतो मच्छिन्द्रनाथ रथयात्रा : एउटा प्राचीन संस्कृति



    काठमाडौँको असन र इन्द्रचोकबिचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० औँ  शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रूपमा लिइन्छ । काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन् । यिनै करुणामयी मच्छिन्द्रनाथलाई अवलोकितेश्वर पनि भनिन्छ । अवलोकितेश्वर अर्थात् समग्रताका देवता ।

    अर्कोतर्फ अवलोकितेश्वर भन्नाले संस्कृतमा कमल बोकेका देवता भनेर पनि बुझिन्छ । पानीका यी देवता अनि पानीमै फुल्ने कमलको फूलको यो सम्बन्धलाई पनि यस जात्राले आत्मसात् गरेकै छ । बोधिसत्त्वका हरेक आयामहरू अवलोकितेश्वरसँग मिल्न आउँछन् । सेतो मच्छिन्द्रनाथ अर्थात् अवलोकितेश्वर, ती भगवान् जसले आफ्ना भक्तहरूलाई पृथ्वी लोकमा फर्केर हेर्दछन् । माया गर्छन् अनि माया बाँड्छन् । छैटौँ शताब्दीबाट सुरु भएको मानिएको यस जात्रालाई पछि आएर १७ औँ  शताब्दीपछि व्यापक रूपमा प्रचलनमा ल्याइएको भएता पनि यसका यथेष्ट प्रमाणहरू पाइन्न । तथापि प्राचीन कालदेखि नै काठमाडौँ सभ्यता अर्थात् बागमती सभ्यताको मुटुका रूपमा सेतो मच्छिन्द्रनाथ रहिआएको कुरा इतिहास साक्षी छ ।

    यस जात्रा नेपाल सम्वतको छैटौँ महिना चौलाको ८ औँ दिन सुरु भएर १०औँ दिनमा समापन हुन्छ ।

    जनबहा द्यः जात्राका रूपमा सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर घुमाउने चलन छ । आउनुहोस् सबैभन्दा पहिले यस जात्राको मनाउनु पछाडिका ऐतिहासिक मान्यताकारबारेमा कुरा गरौं

    किन मनाइन्छ त सेतो मच्छिन्द्रनाथको जात्रा ?
    यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा दर्शन गर्न आउँछन् । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आउँदा राजा यक्ष मल्लले यमराजलाई बन्दी बनाएर राख्छन् ।

    यसरी बन्दी भएपश्चात् यमराजले आफ्नो मुक्तिका लागि आर्य अवलोकितेश्वरको प्रार्थना गर्छन् । यमराजको प्रार्थना सुनेपछि अवलोकितेश्वर स्वयं पानीबाट प्रकट भएर दर्शन दिन आउनुहुन्छ । सेतो रगंका अनि आँखा आँधी बन्द भएका यी भगवानले कालीमाटी र बागमतीमाका उनलाई भेट्न राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिन्छन् । अनि बर्सेनि यिनै अवलोकितेश्वर भगवानको महिमाका लागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरूप प्राचिनकालदेखि नै सेतो मच्छिन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौँमा सुरु भएको मानिन्छ ।

    यसो गर्नाले खुसी अनि लामो जीवनको वरदान पाइने विश्वास छ । चैत्र महिनाको शुक्ल पक्ष अष्टमीमा सुरु हुने यस रथयात्रा ३ दिनको पर्व स्वरूप हुने गर्दछ । सेतो मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर एक ठाउँबाट अर्को ठाउँसम्म लगिन्छ । हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरूले तोप पड्काएर जनाऊ दिने चलन छ ।

    काठमाडौँको जमलमा पहिलो दिन रथलाई विश्राम गराइन्छ । अनि रत्नपार्क हुँदै भोटाहिटी र असन दोस्रो दिन पु¥याइन्छ । यसै गरी अर्को दिन अर्थात् तेस्रो दिन मरु हिटी र जैसी देवल हुँदै लगन टोल पु¥याइन्छ । यी तीनै दिन भक्तालुहरूले सेतो मच्छिन्द्रनाथप्रतिको आफ्नो अगाध स्नेह र आस्था अभिव्यक्त गर्छन् । यसरी भक्तजनहरूले तानेका रथ अनि कंसकार समुदायका भक्तजनहरूले बाजा बजाउँदै अनि स्थानीय झाँकी र कलात्मक अभिव्यक्तिका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एक ठाउँबाट अर्को ठाउँ लगिन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुगां ध्य जात्राका रूपमा गरिन्छ ।

    यस जात्राको सुरुवात त पहेँला अर्थात् पौष महिनामै भइसक्छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ, तर सत्य यही हो । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मच्छिन्द्रनाथको रथलाई मच्छिन्द्रनाथ मन्दिरमा लगेर दूध, घिउ आदि कुराहरूले सफाइ गरिन्छ । यस कार्यक्रममा जीवित देवी कुमारीको पनि सहभागिता रहन्छ । यसरी पौष महिनामै सरसफाइ गरी तैयार गरिएको रथ या भनौँ खटलाई चैत्रको यस जात्रामा प्रयोग गरिन्छ ।

    यस वर्ष वि.सं. २०८१ सालको सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना । सहरवासी अनि देशवासीहरूमा उहाँको कृपाले शान्तिको प्रतीक कमलको फूल फुलिरहोस् ।

    गोरखकाली पूजा


    बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।

    बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

    यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
    गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
    यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।

    गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।

    गोरख सन्देश

    गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –

    देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।

    अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।

    हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
    गोरखकाली पूजाको असीम स्नेह ।

    -सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.