वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। लग्नमा सूर्य र मंगलको गोचरले गर्दा आय आर्जनका नयाँ सम्भावित स्रोतहरू खुल्नेछन्। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। ११ गते पछि शुक्रको लग्नमा प्रवेशले गर्दा खर्चमा वृद्धि हुनेछ। व्यक्तित्वमा आकर्षण र आत्मविश्वास झल्किनेछ। पारिवारिक सम्बन्धमा दाम्पत्य जीवन सुमधुर रहनेछ। परिवारबाट टाढा हुनुपर्ने स्थिति निर्माण हुन सक्छ। नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। नयाँ अवसरले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि पनि समय उत्तम रहेको छ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पढाइमा गुरुजनहरूबाट राम्रो साथ र सहयोग मिल्नेछ। स्वास्थ्यको दृष्टिले समय उत्तम रहेको छ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारीले तनाव र चिडचिडापन को समस्या ल्याउन सक्छ। सदैव भगवान शिवजीको दर्शन गरेर दिनलाई प्रारम्भ गरौं।
View All monthly Rashifal
Liked by: