वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आकस्मिक धनलाभका योग छन्। सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। शत्रुहरू हार खानेछन्। साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ। आफन्तहरूबाट मनचाह सहयोग नमिल्ला। साताको अन्तिममा सानोतिनो कुरालाई बेवास्था गरेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीको साथ नमिल्नाले मन अप्रसन्न रहनेछ। कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग खैरो र हल्का हरियो हो भने शुभ अंक २ र ७ रहेको छ।
View All weekly Rashifal


Liked by: