Nepali Monthly Rashifal 2082 Chaitra | राशिफल - चैत २०८२

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। द्वादश भावमा सूर्यको गोचरले गर्दा वैदेशिक विषय र यात्रा आदिमा अनावश्यक धन व्यय हुनेछ। नोकरी वा पेशामा स्थिरताको भयले सताउनेछ। शुक्रको द्वादश भावमा गोचरले गर्दा सौन्दर्य र साज सज्जाको सामानमा अतिरिक्त धन व्ययका योग छन्। माहको मध्य देखि शुक्रको लग्न स्थानमा गोचरले गर्दा घरपरिवारसँग राम्रो समय More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि हुनेहरूको लागि महिना राम्रो रहेको छ। एकादश भावमा सूर्य र शुक्रको गोचरले गर्दा आर्थिक पक्ष सबल हुनेछ भने नोकरी वा पेशामा आयमा वृद्धि हुनुका साथै नयाँ जिम्मेवारी मिल्नेछ। बोनस कमिसन वा अतिरिक्त आयका प्रबल संकेत देखिएका छन्। मंगल र बुधको दशम भावमा गोचरले गर्दा सेवा मुलुक कामबाट विशेष लाभार्जन हुनेछ। माहको अन्त्यमा मंगलको एकादश भावमा More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। दशम भावमा सूर्य र शुक्रको गोचरले गर्दा अप्रत्यासित आर्थिक लाभको सम्भावना देखिएको छ। नोकरी वा पेशामा प्रभाव बढ्नुका साथै नयाँ जिम्मेवारी पनि पाइनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। शुक्रको दशम भावमा गोचरले गर्दा चलचित्र वा कलाकारिताको क्षेत्रमा भाग्यको साथ पाइनेछ। मंगल र बुधको नवम भावमा More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। नवम भावमा सूर्य र शुक्रको गोचरले गर्दा वैदेशिक यात्रा वा उच्च शिक्षालाई लिएर समय अनुकूल रहनेछ। धर्म कर्म वा सांस्कृतिक कार्यक्रमहरूमा रुचि बढ्नुका साथै प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। कुरा गर्दा शब्द चयन माथि ध्यान पुर्याउनु होला। पारिवारिक वातावरण केही विषयलाई लिएर संवेदनशील More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। अष्टम भावमा सूर्य र शुक्रको गोचरले गर्दा नोकरी वा पेशामा प्रतिस्पर्धा बढ्नेछ। स्वास्थ्यलाई लिएर खर्चमा वृद्धि हुनेछ। चिताएका काम परिस्थितिवस सम्पन्न गर्न नसकिएला। सेवामूलक काममा अपयश खेप्नु पर्ला सचेत रहनुहोस्। कार्यक्षेत्र वा पठनपाठनलाई लिएर आफन्तहरुबाट टाढिनुपर्ला। मंगल र बुधको सप्तम More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य र शुक्रको सप्तम भावमा गोचरले गर्दा साझेदारी व्यापारमा नयाँ अनुबन्धहरू मिल्नेछन्। जीवनसाथीको कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध उत्साहजनक रहनेछ। दाम्पत्य जीवनमा मधुर सम्बन्ध स्थापित गर्न सकिनेछ। जीवनसाथीसँग कुनै पुरानो कुरालाई लिएर वादविवाद सुल्झिनेछ। महिनाको मध्यबाट More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। षष्ठ स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा प्रतियोगी परीक्षामा सफलता मिल्नुका साथै शत्रुहरू माथि विजय पाइनेछ। पहिला लिएका निर्णयहरूबाट लाभ हुने संकेत देखिएको छ। खर्च र ऋण बढ्नेछ भने काममा सोचेभन्दा धेरै लगानी लगाउनु पर्ला। पारिवारिक र वैवाहिक सम्बन्धको दृष्टिकोणले महिना सामान्य रहेको More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। पञ्चम स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा आयमा स्थिरता आउनेछ। पहिला गरेका प्रयासहरूको राम्रो प्रतिफल प्राप्त हुनेछ। नोकरी वा पेशामा थप लगानीबाट लाभ लिन सकिनेछ। महिनाको मध्यदेखि शुक्रको षष्ठ भावमा गोचरले गर्दा वित्तीय वा सहकारी संस्थाहरूमा रोकिएका कामहरू बन्नेछन्। आफन्तहरू मध्य सौहार्दपूर्ण More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। चतुर्थ स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा घरायसी कामले पिरोल्न सक्छ। घरको जिम्मेवारी बढ्नेछ। घरपरिवारमा आफन्तहरू मध्य कुनै कुरालाई लिएर वादविवाद बढ्नेछ। व्यक्तिगत जीवनमा आत्मविश्वास झल्किनेछ। पहिला प्राप्त भएको उपलब्धि जोगाउने प्रयास गर्नुहोला। महिनाको मध्यदेखि शुक्रको पञ्चम स्थानमा More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि दिन राम्रो रहेको छ। तृतीय स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा व्यापार व्यवसायमा नयाँ प्रयासहरूको लागि नयाँ मार्ग प्रशस्त हुनेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग पाइनेछ। प्रतिस्पर्धीहरू हार खाने छन् भने रोकिएका कार्यसम्पादन गर्ने समय रहेको छ। भौतिक संसाधन र उपकरण संग्रह गर्न सकिनेछ। महिनाको मध्यबाट शुक्रको चतुर्थ More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। द्वितीय स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा महत्वकांक्षी काम थालनी हुनेछ भने चलिरहेको काममा केही चुनौती र अवरोध झेल्नुपर्ला। प्रयास गर्नेहरूको लागि अवसरका बाटा खुल्नेछन्। आलोचकहरूले समाजमा भ्रम फैलाउने चेष्टा गर्नेछन्। संगीत, कला र साहित्यको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। व्यक्तित्व More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य र शुक्रको लग्न स्थानमा गोचरले गर्दा व्यक्तिगत जीवनका चुनौतीहरु पन्छाउन सकिनेछ। अरुको सुझाव विपरीत आफ्नो निर्णय लिँदा समस्यामा परिएला। पद प्रतिष्ठामा वृद्धि हुनेछ भने नौकरी वा पेशामा पदोन्नतिको योग छ। बुध र मंगलको द्वादश भावमा गोचरले गर्दा आत्मबलमा कमीको साथै आर्थिक निर्णयहरुमा स्ष्टता More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.