Nepali Monthly Rashifal 2082 Ashwin | राशिफल - असोज २०८२

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। सूर्यको षष्ट भावमा गोचरले प्रतिस्पर्धी प्रतियोगितामा विजयी भइनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। अरुलाई दिएको ऋण फिर्ता लिने समय रहेको छ। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। मानसिक तनाव अनिन्द्रा पेट सम्बन्धी समस्याले सताउनेछ। मंगलको सप्तम भावमा गोचरले दाम्पत्य जीवनमा जीवनसाथीसँग More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्यको पञ्चम भावमा गोचरले विद्यार्थीहरूको लागि समय अनुकूल रहनेछ। शिक्षाको क्षेत्रमा एकाग्रता बढ्नेछ। विद्यार्थीहरूको बौद्धिक र सामाजिक क्षेत्रमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा असमझदारी बढ्नेछ। महिनाको मध्यदेखि सूर्य र बुधको युतिले वाक्यचातुर्यताबाट कार्यक्षेत्रमा कार्य सम्पादन गर्न More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ भावमा सूर्यको गोचरले आत्मबलमा कमी आउनेछ। परिवारमा जिम्मेवारी बढ्नेछ। समस्या दर्शाउँदा इष्टमित्रहरूबाट सहयोग पाइएला। महिनाको मध्यदेखि बुधको युतिले नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आँटेको कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर वेवास्था नगर्नुहोस्। वैवाहिक सम्बन्धमा More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। तृतिय स्थानमा सूर्यको गोचरले धैर्य र पराक्रममा वृद्धि हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। मंगल चतुर्थ भावमा गोचर गर्नाले जग्गा जमिनको क्रय विक्रय सम्बन्धी समस्याहरु सुल्झिनेछन्। ठेक्कापट्टा व निर्माण सम्बन्धी कार्यबाट विशेष लाभ लिन सकिनेछ। जीवनसाथीको स्वास्थ्य लाई लिएर चिन्ता रहनेछ। वैवाहिक More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्यको द्वितीय भावमा गोचर गर्नाले आर्थिक पक्षमा धेरै सावधानी अपनाउनुपर्ने रहेको छ। फजुल खर्चदेखि बच्नुहोस्। घरपरिवारमा सानातिना कुराले मनमुटावको सम्भावना देखिएको छ सावधान रहनुहोला। धैर्यताको कमी रहनेछ। महिनाको मध्यदेखि बुधको द्वितीय भावमा प्रवेशले गर्दा बोलीमा निखार आउनेछ। राजनीतिक More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि दिन उत्तम रहेको छ। लग्नस्थ सूर्यले सेवामूलक वा सरकारी काममा विशेष सफलता दिलाउनेछ। आयक्षेत्रमा नँया अवसरहरू प्राप्त हुनेछन्। सूर्यको सप्तम भावमा दृष्टिले गर्दा पारिवारिक सम्बन्ध व दाम्पत्य जीवनमा असमझदारी बढ्नेछ। माहको मध्यदेखि सूर्य बुधको युतिले संवादमा प्रखरता आउनेछ। मंगलको द्वितीय स्थानमा गोचरले विज्ञापन More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूको लागि दिन सामान्य रहेको छ। सूर्यको द्वादश भावमा गोचरले खर्चमा वृद्धि लिएर आउनेछ। अनावश्यक तनावले मनमा चिन्ता रहनेछ। परिश्रम गरे पनि तत्काल लाभको लागि संघर्ष गर्नुपर्ने हुन्छ। माहको मध्यपछि बुधको युतिले वैदेशिक यात्रा वा विदेशतिरबाट केही सकारात्मक संकेत लिएर आउनेछ। शुक्रको एकादश भावमा गोचरले गर्दा आयका नयाँ अवसरहरू More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेरूको लागि समय उत्तम रहेको छ। सूर्यको एकादश भावमा गोचरले आम्दानीको राम्रो सम्भावना देखिएको छ। विशेषगरी माहको मध्यदेखि बुधको युतिले पुराना रोकिएका काममा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा बौद्धिक क्षमतामा विकास हुनेछ। प्रतिस्पर्धामा विजयको संकेत छ। प्रेम सम्बन्धमा गलतफहमी दूर हुनेछ। शुक्रको दशमभावमा गोचरले व्यापार More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। दशम स्थानको सूर्यले कार्यक्षेत्रमा आत्मविश्वास बढाउनेछ। पिताको कार्यक्षेत्रमा प्रगति हुनेछ। सरकारी र प्रशासनिक काममा प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। मानसिक ऊर्जा र स्वास्थ्य राम्रो रहनेछ। भाग्यस्थानमा शुक्रको गोचरले आय आर्जन फराकिलो बन्नेछ। More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। सूर्यको नवम स्थानमा गोचर हुँदा भाग्यको साथ मिल्नेछ। विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सम्मान पाइनेछ। माहको मध्यदेखि बुधको युतिले व्यापार क्षेत्रमा मनज्ञ लाभ आर्जन गर्न सकिनेछ। चिकित्साको क्षेत्रमा राम्रो सफलता प्राप्त होला। आर्थिक विषयवस्तुमा More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। अष्टम भावमा सूर्यको प्रभावले मानसम्मानमा कमी आउनेछ। कार्यक्षेत्रमा ढिला सुस्ती रहनेछ। स्वास्थ्यलाई लिएर खर्चमा वृद्धि हुनेछ। नँया लगानी लगाउनु भन्दा अघि सोचविचार गर्नुहोला। महिनाको मध्यदेखि बुध र सूर्यको युतिले आर्थिक पक्ष सुध्रिनेछ। सप्तम स्थानमा शुक्रको गोचरले वैवाहिक सम्बन्धमा More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सप्तम भावमा सूर्यको गोचरले वैवाहिक सम्बन्धमा सामन्जस्य बनाउन अलि गाह्रो रहनेछ। आत्मकेन्द्रित व्यवहारले वैवाहिक जीवनमा दूरी बढाउनेछ। व्यापार व्यवसायमा राम्रो सफलता हात पार्न सकिनेछ। महिनाको मध्यदेखि बुधको युतिले विचारको आदान प्रदानमा स्पष्टता झल्किनेछ र सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.