कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । भ्रमण र तीर्थाटनको योग पनि रहेको छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँले हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
View All monthly Rashifal
Liked by: