सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा भावात्मक सम्बन्ध मजबुत रहनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा फाइदा हुनेछ। साताको मध्यमा साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। साताको अन्तिममा सहकारी वा वित्तीय मामलाहरू सुल्झिनेछन्। शुभचिन्तकहरूको साथ पाइनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र आकाशी हो भने शुभ अंक १ र ८ रहेको छ।
View All weekly Rashifal
Liked by: