Fagu Poornima / Holi/World Oral Health Day / International Day of Happiness | फागु पुर्णिमा (पहाडी जिल्ला बिदा)/विश्व मुख स्वास्थ्य दिवस / अन्तर्राष्ट्रिय खुशी दिवस | २०७५ चैत्र ६ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Mar/Apr 2019
२०७५ चैत्र

बुधवार
Mar 20, 2019
चतुर्दशी
फागु पुर्णिमा (पहाडी जिल्ला बिदा)/विश्व मुख स्वास्थ्य दिवस / अन्तर्राष्ट्रिय खुशी दिवस ( Fagu Poornima / Holi/World Oral Health Day / International Day of Happiness )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

फागू पूर्णिमा (होली) | विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस




फागू पूर्णिमा (होली) विशेष अडियो सामाग्री

होली हो... नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होलीको शुभकामना ! फागू, होली, फागू पूर्णे आदि यस चाडका थुप्रै नामहरु छन् । मिल्ने भए तपाईको मोबाईल स्क्रीनबाटै पिचिचि पारेर हामी नेपालको चिसो अनि निर्मल पानीका केही थोपाहरु छ्यापी दिने थियौं । आनन्द अनि उत्साहको यो बसन्त ऋृतुको चाडमा आफ्नालागि केही समय निकाल्नुहोला, आफन्तजनलाई भेट्नुहोला या सन्देश पठाउनुहोला अथवा फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको विविध रङ्गले अनि उत्साहले तपाईलाई छोओस्, छुनैपर्छ । होलीका बारेमा नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतीहरु अनि गीतहरु रचना गरिएका छन्, परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामीसबैका श्यामस्वेत सपनाहरुले रङ्गहरू पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।

उतिबेलाका अयोद्दा राज्य होस् या अवध राज्य, मीथिला राज्य होस् या २२से या २४से राज्यहरुनै किन नहुन्, बसन्त ऋृतुको यो महान चाड होलीका पृष्ठभुमी यसलार्इ मनाइने चलनलार्इ इतिहासले वर्णन गरेको छ । काठमाण्डौको बसन्तपुरमा विधीपूर्वक चिर ठड्याएपछी होलीपर्वको औपचारीक शुरुवात हुन्छ । हनुमान ढोकाको गद्धि बैठकमा तीनतले चीर ठड्याईन्छ, असत्यमाथि सत्यको जीत भएको सुचककारुपमा यो चीर राखिने र पछि टुँडीखेलमा चीरलाई विर्सजन गर्ने चलन रहेको छ । जलेको चिरको खरानीलार्इ शुभ कुराका रुपमा जो कोहीले घर लैजाने गर्दछन् । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग समबन्धीत छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रि कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ । नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।

वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रगंहरु विचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभावको पनि ब्याख्या गर्दछ, के बालक के बृद्ध अनि के वयस्क ? होली सबैको चाड हो । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्ककालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो । शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ । 

तराईतिर त झन पोखरीनै रंगिन हुनेगर्दछ, रंगहरुले । खेल्न नमान्ने अनि आनाकानी गर्ने हरुलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि रहेको छ । उपत्यकाको भन्दा एकदिन पछी मात्र तराईमा होली मनाउने चलन छ, तराईको होली विशेषकं भोली हामी पूनः लिपिवद्ध गर्नेछौ ।

खानेकुराहरुमा आज मालपुवाको विशेष महत्व रहन्छ भने तराई तिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसलाहरु मिसाएर भान्टा भित्र राखि तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । अर्कोतर्फ भाँगंको घोटा अर्थात गाँउतिर पाईने भाँगको दानाको धुलो बनाई दुध अनि चिनीको मिश्रणमा हालेर बनाईएको घोटा खाँदै अनि खुवाँउदै जोगीरा सरररररर को तालमा नाच्नुको विशेष महत्व हुन्छ । 

पहिले पहिले होलीको दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरुलाई ताकेर हानिने चलन धेरै थियो तर विस्तारै यस्ता असभ्य होली मनाउने चलनहरु घट्दै गएको छ, होलीको कृपाले भातृत्व अनि सदाचारको वृद्धी होस् । जनकपुर देखि टनकपुरसम्म अनि बिराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीहरुमा यस पर्वले खुशीयाली ल्यायोस्, जय होस् । 

------
विश्व मुख स्वास्थ्य दिवस
 
विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज ।

मुखलाई त स्वास्थ्यको दर्पण नै मानिन्छ, मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसंग जोडेर हेरिन्छ । मुखको स्वास्थ्य अनि सम्पूर्ण शरीरको स्वास्थ्य अत्यन्त निकट कुराहरु हुन् । मुख नै हरेक खाना अनि सरसफाईको मुख्य बाटो हो, हैन र ?
मुख नै फोहोर भएमा शरीर स्वस्थ कसरी रहन सक्छ र ?

आजको दिनले मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने अन्य संक्रमण र रोगहरुको जनचेतना फैलाउने काम गर्दछ । जस्तै कि मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरु हुन् । यी कुराहरु हामीले आउने पुस्ताहरुमा पनि सिकाउन जरुरी मानिन्छ । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन्, विश्वव्यापी तथ्याकंका अनुसार केवल १३ प्रतिशत आमाबुवाले मात्र आफ्ना सन्तानलाई पहिलो जन्मदिन अघि दन्त चिकित्सककोमा लग्ने गर्दछन् ।

बच्चालाई पीडा भएपछि मात्र दन्त चिकित्सककामा लिएर जाने आमाबुवाको प्रतिशत २३ प्रतिशत छ । वास्तवमा पीडा हुनु अगावै नै चिकित्सकका मा रोकथाम अनि जाँचका लागि लान जरुरी छ । र अझ जरुरी छ उनीहरुको मुखको स्वास्थ्यका लागि जरुरी बानी व्यहोराहरुको शुरुवात । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी कुराहरु हुन् । खैनी, चुरोट लगायतका विभिन्न अम्मलको सेवनले पनि मुखको स्वस्थ्यमा असर गरिरहेको हुन्छ, अझ हाम्रो देशमा यस्ता अम्मलको प्रयोग समाजका सस्कार मै जोडिएको सम्म पनि छ ।

यो राम्रो कुरा हैन, स्वस्थ हुनु नै धन हो हैन र ? अहिले त झन विभिन्न टुथपेस्ट अनि केही सुन्दरताका उत्पादनका विज्ञापनले मुखको स्वास्थ्यलाई धेरै उजागर गरेको छ तर मुखलाई स्वस्थ राख्न त्यति पनि जटिल छैन जति ति उत्पादनहरुले व्याख्या गर्दछन् । सानै उमेर देखि दिनहुँ सफा गर्ने, पखाल्ने, प्रभावकारी तरिकाले ब्रश र पेस्ट लगाउने गर्नाले दाँतको समस्या धेरै हदसम्म समाधान हुन्छ । ब्रश गर्दा धेरै घोटेर गर्नु राम्रो हुन्छ भन्ने सोच गलत हो, उपयुक्त तवरले तलमाथि गर्दै ब्रश गर्नु जरुरी हुन्छ । अन्य कुरामा हजारौं खर्च हुँदा पनि वास्ता नगर्ने औसत नेपाली हामी दाँत मोल्ने ब्रश चाहिँ खासै खर्च गरेर राम्रो किन्दैनौं, किन होला ?

मुखको स्वास्थ्यमा लगानी गर्न यस वर्षको ओरल हेल्थ दिवसले सबैलाई सिकाओस् ।
मुख खोलेर हाँसौं, हृदय खोलेर हाँसौं ।

----
हाम्रो पात्रोकालागी सुयोग ढकाल

----
अन्तर्राष्ट्रिय खुशी दिवस

हरेक बर्षको २० मार्चको दिनमा विश्वब्यापी रुपमा बर्षभरि एक आपसमा खुशीको आदान प्रदान गर्ने प्रेरणा दिनको लागि अन्तराष्ट्रिय खुशी दिवस मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघको विशेष सल्लाहकार जेमी इलियेंनको पहलमा खुशीको महत्वको बारेमा सबैलाई चाहिने जागरुकता फैलाउनको लागि यो दिन शुरु गरिएको हो।

आजको दिनले हामीलाई विभाजन गर्ने कुरामा भन्दा पनि हामि कुन कुरामा समान छौ भनेर सोच्न सबैलाई पहल गर्ने गर्दछ। सबैजना खुशी हुन चाहन्छन र जबसम्म हामी सँगै हुदैनौ हामि खुशी हुन् सक्दैनौ। त्यसैले आज हामिबीचको समनाता खुशी सबैले मनाउनु जरुरि छ।

सकारात्मक सोचौ र आफ्नो मनलाई खुशी र ताजा बनाउ।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110
  • 110.6
  • European euro
  • 124.39
  • 125.07
  • UK pound sterling
  • 144.92
  • 145.71
  • Swiss franc
  • 110.69
  • 111.3
  • Australian dollar
  • 78.01
  • 78.44
  • Canadian dollar
  • 81.93
  • 82.37
  • Singapore dollar
  • 81.42
  • 81.86
  • Japanese yen (10)
  • 9.99
  • 10.04
  • Chinese renminbi (Yuan)
  • 16.38
  • 16.47
  • Saudi Arabian riyal
  • 29.33
  • 29.49
  • Qatari riyal
  • 30.21
  • 30.38
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 29.95
  • 30.11
  • Malaysian ringgit
  • 27.04
  • 27.18
  • Korean Won (100)
  • 9.7
  • 9.76
  • Swedish Krone
  • 11.91
  • 11.98
  • Danish Krone
  • 16.66
  • 16.75

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम