
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
फिदिम स्पोर्टिङ क्लबले शनिबार भएको दोस्रो क्वार्टरफाइनलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा पाँचथरका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू र अनिस परियारले गोल गरे। चित्लाङका मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरे भने पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ द म्याच घोषित भए। यसअघि जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ–११ लाई २–१ ले हराएको थियो। प्रतियोगिता भदौ १९ गतेसम्म चल्नेछ र विजेता तथा उपविजेताले नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्।
५ दिन अघि


































































































ratopati.com
nagariknews.nagariknetwork.com
gorkhapatraonline.com

lokaantar.com
khabarhub.com
nepallive.com
english.ratopati.com


















