आउँदा दिनहरु
-
६चैत
-
७चैत
-
९चैतप्रदोष व्रत/विश्व पानी दिवस ३ दिन पछि
-
१०चैतविश्व मौसम विज्ञान दिवस ४ दिन पछि
-
११चैत
-
१२चैतफागु पुर्णिमा (तराइ बिदा) ६ दिन पछि
-
१३चैत
-
१४चैतविश्व रङ्गमञ्च दिवस ८ दिन पछि
-
१५चैतSEE २०८० प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ९ दिन पछि
-
१६चैतSEE २०८०-अनिवार्य नेपाली १० दिन पछि
-
१७चैतविश्व नेवाः दिवस ११ दिन पछि
-
१८चैतSEE २०८०-अनिवार्य गणित १२ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस १३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन १५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम १६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस २४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा २५ दिन पछि
-
३वैशाखविश्व कला दिवस २७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत २९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस ३० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत ३१ दिन पछि
-
८वैशाखछन्द दिवस ३२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत ३३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ३७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ३९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ४१ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- तराई होली
- के भन्नु ?
- फागु पूर्णिमा (पहाडी जिल्ला) । पूर्णिमा व्रत । विश्व क्षयरोग दिवस
- Fagu Poornima | Holi | Poornima Vrata | World Tuberculosis Day
- झ्याउकिरी
- उपहार
- Pradosh Vrata । World Water Day
- World Meteorological Day
- विश्व मौसम विज्ञान दिवस
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- रमदानको महिना शुरू
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- सामाजिक कार्य दिवस
- मन रुन्छ
- सामाजिक कार्य दिवस
- Social Work Day
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- फर्के हुन्थ्यो
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- त्यो रात
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- डुबेको बेला
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
- A Book Review on ‘A Widow’s Gift’
- नरुनु है तिमी
- तारा बनिदिनु
- जानी दिनु
- तिमी बाहेक
- किन
- विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
वैशाख शुक्ल प्रतिपदा
नयाँ बर्ष २०७६ | बिस्का: जात्रा | मेष संक्रान्ति
नववर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना! हर पाइलामा सफलताले पाइला चुमी रहोस् ।
हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।
अर्कोतर्फ गत वर्ष मा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै स्वागत छ वर्षको यो नयाँ सस्करणमा ।
शुभकामनाका खातहरु अनि शुभेच्छाका मालाहरु चढाउन चाहन्छ हाम्रो पात्रो, नव बर्ष २०७६ को । सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!
विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार देखि रेष्टुरेन्टका विविध परीकारहरु अथवा गाउँ, शहरतिर नयाँ वर्षमा आयोजन गरीने मेला होस् या शहर, विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्... तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, राजनीतले गालेको नेपालीमन राजनीतिक, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।
मन्दिरका घण्टहरुमा, चर्चका चुचुरहरुमा, गुम्बाका गुम्बजहरु देखि मस्जिद अनि दरगाहहरुमा नयाँ वर्षले प्रार्दुभाव गर्दैछ । जे भयो भयो, नराम्रोले सिकाएर गयो, जे भयो राम्रो त्यसले सजाएर गयो कि कसो ? अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि कल्याण्कारी हुन्छ, हाम्रो विश्वाश छ है ।
आराध्यदेव, राष्ट्रदेव महादेव झै समय पनि शून्य अनि निराकार, अन्त्यहिन अनि बलवान पनि । समयलाई रोक्न, नियन्त्रण गर्न मानिसको वसको कुरो हैन, तथापि मानिसले झिनो साहस गरीरहन्छन् समयलाई आफ्नो प्रकारले गणना गरिरहने । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरुले यस्ता समयको मापन गर्ने गर्दछन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरु फेरिरहन्छन्, सँगै फेरिन्छन् मानिसहरूका पेरिफेरिहरु ।
फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु-कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । गत वर्षको तिता-मिठा यादहररूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरु पुराना भए, हात-हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड 'हाम्रो पात्रो' यहाँहरूकालागि बि.सं. २०७६ का विशेष पारम्परीक चाडवाड, वैदिक कर्मकाण्डि, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारीक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हाैसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छाैं । बि.सं. २०७६ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलाई सफलताका सगरसम्म डोर्याओस्, फलोस फुलोस अनि फक्रिओस् ।
संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ-आफ्नै सम्बतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतकारुपमा विशेषतः पूर्वीय दर्शन अनि पाैराणीक वैदिक सनातन संस्कारमा ब्याख्या गरिएको छ । बिक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् AD भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर । बिक्रम सम्बत् समग्र तिथी मितीहरु पृथ्वी र चन्द्रबिचको कोण अनि अवस्थितीमा फरक पर्दछन्, शायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनपर्दछ ।
कसरी मापन गरिन्छ त चन्द्रमासमा समयलाई ?
चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ । पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अँध्यारो निष्पट्ट समय सम्मको पक्ष एक मास हो ।
२ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।
प्राचीन राजा विक्रमादीत्यले शुरुवात गरेका यो सम्वत् नेपालको औपचारीक, आधिकारीक सम्बत् पनि हो जसको औपचारीक आत्मसाथ नेपालले श्री ३ चन्द्र शम्शेरको पालादेखि गरीआएको छ । विक्रम सम्बत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ । विक्रम सम्बत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरु पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । जब पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुनस्चः मेष राशीमा प्रवेश गर्ने गर्दछ । यहिबेला नयाँ वर्षको शुरुवात हुन्छ, जसलाई सूर्यको शुन्य अंश पनि भनिन्छ ।
नयाँ वर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्दछन् । नयाँ वर्षको माध्यमबाट जीवन र जगतमा हरेक कुरा नयाँ अपेक्षा गर्दछन् र त्यसका लागि नयाँ ताकतको कामना समेत गर्दछन् ।
बैशाखको घामसँगै प्रारम्भ भएको यो सम्बत् क्रमशः वर्षाको रोपाँई, गोडमेल अनि दशैं तिहारको रौनक हुँदै अन्नवाली भित्राईदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आएर अन्त्य हुन्छ । यो बिचमा अन्य धेरै कुराहरु हुन्छन्, विशेष तिथी मिती लगायत अनगीन्ती चाडपर्वहरुले नेपाली समाजलाई आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्दछन् ।
तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वि तराईमा जुटशितल भनेर एकर्कामा पानी छ्यापेर मनाउने चलन छ । मेला लाग्ने अनि हर्षोउल्लासका साथ शुभकामना आदान प्रदान गर्ने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरु खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात सोईजनको तरकारी खाने चलन आजको दिनमा ब्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरु किन्ने आज केटाकेटीहरुका लागी विशेष रौनक रहन्छ । तराईमा कहिकतै छिटै पाकेका गहुँहरु त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरु भित्राईसकियो कि बाँकी छ ?
पहाडका खेतका गराहरूमा छरिएका मकैहरु चराहरुले नखाउन भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्दछ । चराहरुले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरु, अनि त शहरमा तपार्इ मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिंदै pop corn को मज्जा लिन पाउनुहुनेछ, टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।
पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मिठो खाएर, राम्रो लाएर यस दिनको उमङ्ग साटासाट गर्ने गरिन्छ । बैशाखका शुरुवाती ३ दिनहरुमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भनेर यी शुरुवाती दिनलाई मिठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा लिईन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबै तिर नयाँ वर्षको शुभकामनाहरु छाएका छन् ।
नेपाल आमालाई दुःखि बनाएको विगत बिर्षिएर स्वस्थ साँस अनि खुशी, सुखी आफ्ना सन्तानले काँधमा काँध थापी विकास सहकार्यमा अघि बढ्दै गरेको देखाउनु छ । के मद्येशी, के पाहाडी, के हिमाली, के शुद्र, के ब्राम्हण, के जनजाती, के कालो, के गोरो सबैलाई एकताको सुत्रमा बाँध्नसक्ने नेपाल आमाको यो आङ्गन झन रङ्गीन अनि बलीयो बनाउनसक्ने हिम्मत राष्ट्र अभिभावकलाई प्राप्त होस्, सीमाना सुरक्षित बनाउनु छ, सबै नेपालीजनमा हामी एक थियाैं, छाैं र अनन्त एक भई रहिरहनेछाैंः
के रङ्गीन चरा ताज भिर्छ यहाँ र?
जो जगमा उसकै राज चलोस्
काली कोइली सुमधूर बोली छर्छे गज्जबको
हिम्मत छ कसैले त्यो छल्न सकोस्...
अर्थात् रङ्गकै भरमा कोही समाजको अगुवा कदापी बन्न सक्दैन,
समाज सिङ्गार्ने सुमधूर धूनको सर्जक जोसुकै हुनसक्छ, जस्तो सुकै हुन सक्छ ।
रगत हैन पसिना बगोस, वालीनाली खुबै सप्रिओस अनि हृदयमा शान्ती र शरीरमा कान्ती छाओस् । संसारैभरि यस वर्ष धर्म, संस्कार अनि परोपकारको जय होस्, अधर्मको नाश होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि प्रकृतिले माया गरुन र प्रकृतिलाई माया गर्ने समाजको पनि विकास होस् । जय जय देश, जय जय नेपाल, नव वर्ष २०७६ को मंगलमय शुभकामना !
----
शुभेच्छुकः
हाम्रो पात्रो परिवार
प्रस्तुतिः सुयोग ढकाल
कविताः एस.के. देवकोटा
----
बिस्का: जात्रा
#
जात्रा, पर्व अनि तिथीमिती त कसैले नेपालबाट सिकोस् । हरेक दिनलाई हामी पर्व झैं मनाउछौं, हरेक हर्क अनि उत्सवको उत्सर्गमा मनाउने यो चलन सदासर्वदा कायम रहोस् । विक्रम सम्बतको नयाँ वर्षको प्रथम दिन नै राजधानी काठमाण्डौ वरपर भक्तपुर, धापासी, ठिमी, टोखा लगायतका ठाउँहरुमा बिस्का जात्रा मनाइन्छ । बिस्का यस जात्राको पुरानो र मौलिक नाम हो, बिस्केट हैन । विक्रम संवतको प्रथम दिनमै यस जात्रा परेतापनि यो जात्रा मनाउने कारणहरु विक्रम सम्बतसंग जोडिएको पाइदैन् । बिल्कुल फरक र मौलिक यस जात्राका विषयमा केही कुराहरु प्रस्तुत छः
ठिमीको बालकुमारी अनि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा बिस्का जात्राको मनोरम रौनक रहन्छ, किंवदन्तीका अनुसार नागको मृत्यूसंग यस जात्राको सम्बन्ध रहेको बताइन्छ । बिस्काको अर्थ नै सर्पको मृत्यू भन्ने हुन्छ । भैरव र भद्रकालीको भीमकाय रथलाई तानेर खल्ला टोल लगिन्छ, टाैमडीस्थित न्यातपोल मन्दिर अघिल्तीर राखेर हरेक वर्ष चैत महिनामा यस रथलाई तयार गरिन्छ । मुख्य आकर्षण त रथलाई भक्तपुरका माथिल्लो र तल्लोभागका वासिन्दाले आआफ्नो क्षेत्रमा तानेर लिएर जाने क्रममा भएको तानातान हो, बडो गज्जबको प्रतिस्पर्धाका बिच यस जात्राले क्रमशः रौनक थप्दै जान्छ । पछि रथलाई तानेर खल्ला टोल लगिन्छ । उता ठिमीमा भने सिन्दुर जात्रा पनि निकालिन्छ, लयाकुमा ठिमीका वासिन्दाले आआफ्नै ससाना रथ ल्याउने गर्दछन्, धिमे बाजाको मधुर संगीतमा सिन्दुरी नयाँ वर्ष झनै गज्जब हुन्छ । उता वोडे मा चाँही जिब्रो छेड्ने कार्यक्रम गरिन्छ, नयाँ वर्ष शुरु गर्ने उत्साहजनक परिवेश यस जात्राले प्रदान गर्दछ ।
यी विभिद क्रियाकलाप अनि उत्सर्गको यस जात्रा नयाँ वर्ष प्रारम्भ हुनु ४ दिन अगावै शुरु हुने गर्दछ । यस जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ, जात्रामा भक्तिभाव सहितको सहभागिता जनाउनाले शत्रुक्षय हुने पनि बताइन्छ ।
अन्य वर्षहरु जात्रा शहरका अन्य ठाँउ र चोकमा पनि लाने चलन भएपनि विसं २०७२ को भुकम्प पछि जात्राको यात्रा छोट्याइएको बताइन्छ ।
सुरक्षाका हिसाबले यस जात्रा संवेदनशील मानिन्छ तसर्थ सुरक्षानिकायहरु यस जात्रामा विशेष रुपमा तैनाथ गरिन्छन् ।
कला, संस्कार, परम्परा अनि इतिहास बोकेको यो जात्रा जुगौजुग अघि बढोस्, नवपुस्ताले यसको महत्व र गरीमा बुझ्न सकून, सबलाई सुख होस्, सबको जय होस्, मंगल होस् ।
----
मेष संक्रान्ति
बैखाख १ गते अर्थात मेष सक्रान्ति पनि हो । १२ वटा राशिहरुका आधारमा १२ वटा महिना निर्धारण गरिएको छ । बैशाख अर्थात प्रथम महिना अनि यसै महिनामा प्रथम दिन अर्थात १२ वटा मध्य प्रथम राशि मेष राशिको सक्रन्ति । यस संक्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने खुवाउने चलन हुन्छ । लामा लामा त्यान्द्रा भएका रुखमा फल्ने सजिवनको तरकारी, तरुवा, भरुवा अनि अन्य परिकार खाने चलन हुन्छ । विशेषत तराईका भू-भागमा आजबाट विभिन्न स्थानीय मेलाहरूको समेत शुरु भएको छ ।
गहुँ काटेपछिको छ्वालीहरू बग्रेल्ती भएका खेतमा आली आलीमा राखिएका पसल, खेलौना अनि खानेकुराका त्रिपालले बेरिएका पसलहरुको रौनक बेग्लै हुन्छ । मेलाको यस्तै रौनक पहाडी अनि मध्यपहाडी भू-भागमा पनि देख्न सकिन्छ । समग्र संक्रान्तिहरुमा आजको यो मेष संक्रान्ति सबैभन्दा रंगीन संक्रान्ति हो ।
नयाँ कक्षामा बढोत्तरी हुने बिधार्थी देखि जागिरे जिवनमा नयाँ वर्षको प्रवेश सम्म , अबको वर्षमा गरिने योजना अनि सफलता सुत्रहरु नेपाली जिवनशैलीमा मेष सक्रान्तिकै दिनमा शुरु गरिन्छ ।
माया गर्नेहरु तल नपरुन, सपना देख्ने आँखा संगै पाइला पनि अघि बढून्, यस वर्ष विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् अनि सत्यको जय होस् ।
---
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
६चैत
-
७चैत
-
९चैतप्रदोष व्रत/विश्व पानी दिवस ३ दिन पछि
-
१०चैतविश्व मौसम विज्ञान दिवस ४ दिन पछि
-
११चैत
-
१२चैतफागु पुर्णिमा (तराइ बिदा) ६ दिन पछि
-
१३चैत
-
१४चैतविश्व रङ्गमञ्च दिवस ८ दिन पछि
-
१५चैतSEE २०८० प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ९ दिन पछि
-
१६चैतSEE २०८०-अनिवार्य नेपाली १० दिन पछि
-
१७चैतविश्व नेवाः दिवस ११ दिन पछि
-
१८चैतSEE २०८०-अनिवार्य गणित १२ दिन पछि
-
१९चैतविश्व मूर्ख दिवस १३ दिन पछि
-
२०चैत
-
२१चैतSEE २०८०-अनिवार्य सामाजिक अध्ययन १५ दिन पछि
-
२२चैतSEE २०८०-ऐच्छिक प्रथम १६ दिन पछि
-
२३चैत
-
२४चैत
-
२५चैतविश्व स्वास्थ्य दिवस १९ दिन पछि
-
२६चैत
-
२७चैततेल लगाउने र नीमको पात खाने दिन २१ दिन पछि
-
२९चैत
-
३०चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस २४ दिन पछि
-
१वैशाखनयाँ वर्ष / मेष संक्रान्ति / बिस्का जात्रा २५ दिन पछि
-
३वैशाखविश्व कला दिवस २७ दिन पछि
-
४वैशाखचैते दशैँ/भाैमाष्टमी व्रत/गोरखकाली पूजा २८ दिन पछि
-
५वैशाखश्री राम नवमी व्रत २९ दिन पछि
-
६वैशाखविश्व सम्पदा दिवस ३० दिन पछि
-
७वैशाखकामदा एकादशी व्रत ३१ दिन पछि
-
८वैशाखछन्द दिवस ३२ दिन पछि
-
९वैशाखमहावीर जयन्ती/प्रदोष व्रत ३३ दिन पछि
-
१०वैशाखविश्व पृथ्वी दिवस ३४ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व औंलो दिवस ३७ दिन पछि
-
१४वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ३८ दिन पछि
-
१५वैशाखस्वामी शशिधर जन्मजयन्ती ३९ दिन पछि
-
१६वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४० दिन पछि
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस ४१ दिन पछि
-
१९वैशाख
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- तराई होली
- के भन्नु ?
- फागु पूर्णिमा (पहाडी जिल्ला) । पूर्णिमा व्रत । विश्व क्षयरोग दिवस
- Fagu Poornima | Holi | Poornima Vrata | World Tuberculosis Day
- झ्याउकिरी
- उपहार
- Pradosh Vrata । World Water Day
- World Meteorological Day
- विश्व मौसम विज्ञान दिवस
- गाउँ शून्य बन्दैछ
- मान्छेजस्तै भएछौ
- रमदानको महिना शुरू
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- सामाजिक कार्य दिवस
- मन रुन्छ
- सामाजिक कार्य दिवस
- Social Work Day
- सडक गर्जिरहेकाे छ
- दाजुभाइ
- साहारा बनिदिनु
- हजारौं सपना
- DWIT JOB FAIR 2024
- काले भालु
- मेराे समाज
- मेरि आमा
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- फर्के हुन्थ्यो
- A Book Review on: ‘Who is Michelle Obama’
- आउनु
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- भेटिन्छु
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
- साथ
- त्यो रात
- वीर बलभद्र
- गुइँठे र गुलेली
- Review on ‘City A of Dreams’
- डुबेको बेला
- २०८१ सालमा कहिले कहिले सार्वजनिक बिदा परेका छन् त ?
- फुलमाया
- मुटु जलोस भन्दिन
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- चोट लगाएर गयौ
- न्वारनको नाम किन र कस्तो अवस्थामा फरक पर्न सक्छ?
- A Book Review on ‘A Widow’s Gift’
- नरुनु है तिमी
- तारा बनिदिनु
- जानी दिनु
- तिमी बाहेक
- किन
- विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
Liked by: