Armed Police Force Day | सशस्त्र प्रहरी दिवस | २०७६ माघ ९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jan/Feb 2020
    २०७६ माघ

    बिहिवार
    Jan 23, 2020
    वैशाख शुक्ल प्रतिपदा
    सशस्त्र प्रहरी दिवस ( Armed Police Force Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सशस्त्र प्रहरी दिवस




    सशस्त्र प्रहरी दिवस विशेष अडियो सामाग्री

    सशस्त्र अर्थात शस्त्र सहीतका प्रहरीहरु । सशस्त्र द्धन्दको समयमा नेपालमा माओवादी आन्दोलनकारी अनि सरकारको बीचमा यूद्ध चरम सिमामा पुगेको थियो । दैनिक जसो आक्रमणमा नेपालीका छोराछोरीको रगतका टाटाहरु अनि लाशउपर क्रान्ति अनि परिवर्तनको अपेक्षा भइरहेको थियो । कहिले आन्दोलनकारीका रुप त कहिले सेना या प्रहरीको रुपमा नेपाली आमाका कोख अनि चेलीका सिँउदाहरु रित्तिरहेका थिए, गोली अनि बारुद ले आमा दिदीवहिनी दाजुभाई कसैलाई चिनेन, एकपछि अर्का नाम अनि गामहरु रगतपिच्छे भएका थिए ।

    यसरी यूद्ध चर्कदै गएपछि सरकारले सेना अनि प्रहरी का बिचमा एउटा अर्को अर्धसैनिक दस्ता चाहिने आवश्यक्ता अनुभव गरेर बिसं २०५७ सालको कार्तिक ११ मा सशस्त्र प्रहरी दल स्थापना गरेको हो । यस दलको शुरुवात नेपाली सेनाबाट कौशल जनशक्तिहरु ल्याएर गरिएको थियो। शसस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णभक्त श्रेष्ठ को भनें तत्कालिन आन्दोलनकारीहरुले गोली हानी हत्या गरेका हुन् ।

    सशस्त्र प्रहरी प्रधान कार्यलय काठमाडौको हलचोकमा आज बिभिन्न कार्यक्रम अनि परेडहरु आयोजना गरेर यस दिवस मनाइन्छ । आज विशेष समारोहमा अमर सशस्त्र प्रहरी लगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पुर्याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गरिंदै अमर सशस्त्र प्रहरीको दिवंगत आत्माको चिरशान्तिको कामना तथा विभिन्न घटनामा परी अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्यलाभको कामना समेत गरिन्छ ।

    सशस्त्र प्रहरी अन्तर्गत दिवंगत अनि अगंभगं कर्मचारीहरु को कल्याणका लागि कल्याणकारी कोषको समेत व्यबस्था गरिएको छ ।

    सशस्त्र प्रहरीहरु को थप व्यबस्थित परिचालन अनि व्यबस्थाका लागि बिसं २०७२ मा बिसं २०५८ को सशस्त्र प्रहरी ऐनलाई संशोधन गरि सशस्त्र प्रहरी नियमावली बनाईएको छ । यस नियमावली ले सशस्त्र प्रहरी अनि तिनका परिवारका कल्याणका बारेमा स्पष्ट सम्बोधन गरेको छ ।

    भुकम्प लगायत अन्य प्राकृतीक प्रकोप नियन्त्रण र उद्धारका लागि सशस्त्र प्रहरीको भूमिका सदैव तारिफयोग्य छ ।  नेपालीजनको रक्षा अनि सिमाको संबेदनशीलताका लागि सशस्त्र प्रहरी थप अगाडी बढ्दै जाओस् ।

    नेपालआमामा सबैजना छोराछोरीमा शुभकामना !

    हाम्रो पात्रोका लागि सुयाग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.