थोरै मेहनतले पनि राम्रो उपलब्धि हात पर्न सक्छ। मनमा लागेको कुरा धेरै समय नथाँती राखी सुरु गर्नु राम्रो हुनेछ, किनकि सही समयमा चालिएको पाइला नै सफलताको आधार बन्नेछ। आफन्तको विश्वासले हौसला थप्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।


कार्तिक स्नान
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।
कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।
के तपाईंहरू कार्तिक स्नानको समयमा आफ्नो घरमा तुलसीको पूजा गर्ने गर्नुहुन्छ ?
कार्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।
सबैको जय होस्




