थोरै मेहनतले पनि राम्रो उपलब्धि हात पर्न सक्छ। मनमा लागेको कुरा धेरै समय नथाँती राखी सुरु गर्नु राम्रो हुनेछ, किनकि सही समयमा चालिएको पाइला नै सफलताको आधार बन्नेछ। आफन्तको विश्वासले हौसला थप्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।


विश्व फार्मासिस्ट दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
फार्मासिस्टको यो भूमिकालाई उजागर गर्ने र चिकित्सा व्यवसायीहरूलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष विश्व फार्मासिस्ट दिवस मनाइन्छ। फार्मासिस्ट दिवसको इतिहासअन्तर्राष्ट्रिय औषधि महासंघ (FIP) काउन्सिलको स्थापनाको अवसरमा हरेक वर्ष विश्व फार्मासिस्ट दिवस मनाइन्छ । यो महासंघ काउन्सिल सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ (FIP) काउन्सिलले यो दिवस मनाउने घोषणा गरेको थियो।सन् १९१२ को सेप्टेम्बर ५ मा यस संस्थाको स्थापना भएको सम्झनामा हरे वर्ष सेप्टेम्बर २५ मा यस दिवस मनाउने चलन छ ।
विश्व फार्मासिस्ट दिवस २०२५ को नारा "Think Health, Think Pharmacist" भन्न खोज्छ कि स्वास्थ्यको हेरचाहमा फार्मासिस्ट मुख्य साथी हुन्। उनीहरू औषधि दिने मात्र होइन, सही सल्लाह र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छन्।
के तपाईंलाई लाग्छ, फार्मासिस्टले स्वास्थ्यसँग सम्बन्धित राम्रो सुझाव दिन सक्छन् ?
आयोजक
इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन ४० लाख भन्दा बढी फार्मास्युटिकल र फार्मास्यूटिकल वैज्ञानिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी निकाय हो। इन्टरनेशनल फार्मास्युटिकल फेडेरेसन एक गैर(सरकारी संस्था हो जुन १९४८ देखि विश्व स्वास्थ्य संगठनसँग आधिकारिक सम्बन्धमा रहेको छ।




