नेटो सदस्य राष्ट्रले तत्काल रक्षा बजेट बढाउनुपर्ने ट्रम्प प्रशासनको चेतावनी
barnanmedia.com · Tue Jul 07 05:42:57 GMT 2026

अमेरिकाले उत्तर एटलान्टिक सन्धी (नेटो) सदस्य राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च तत्काल बढाउन कडा चेतावनी दिएको छ । टर्किएको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व सन्ध्यामा आइतबार अमेरिकी अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । यस नीतिले गर्दा मंगलबारबाट सुरु हुने शिखर सम्मेलनमा नेटो गठबन्धनभित्र तनावको वातावरण सिर्जना हुने जोखिम छ ।
सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरुको चेतावनी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धताअनुसार रक्षा खर्च नबढाएको भन्दै लामो समयदेखि नेटो सदस्य राष्ट्रहरुको आलोचना गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)