तेह्र महिनादेखि तलब नपाएका मजदुर आन्दोलनमा
gorkhapatraonline.com · Sat May 23 00:50:10 GMT 2026

उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेल आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् ।
मजदुर नेता देवेन्द्र झाका अनुसार २०८१ चैतदेखि हालसम्मको तलब भुक्तानी हुन बाँकी आठ करोड ८० लाख ५३ हजार, सञ्चय कोष दाखिला हुन बाँकी नौ करोड ५० लाख ९९ हजार १३४ र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी तीन करोड ६९ लाख ६६ हजार २२२ रुपियाँ छ । यसै गरी कर्मचारीको तीन वर्षदेखिको बिमाबापतको दाखिला हुन बाँकी छ करोड ६० लाख ८१ हजार ७४५, अतिरिक्त कामको ज्याला ७६ लाख चार हजार ३०९, बिदाको रकम एक करोड १५ लाख ३० हजार ७६६ रुपियाँ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)