अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ‘ब्रिफिङ’, सञ्चारकर्मीलाई निषेध
baahrakhari.com · Tue Jul 07 06:04:23 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंगलबार (असार २३) सिंहदरबारमा बसेको छ । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणका साथै अरू समसामयिक कूटनीतिक विषयमा समितिलाई जानकारी गराएका छन् ।
मन्त्री खनालले ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा समिति सदस्यहरूलाई अवगत गराएका हुन् । बैठकमा परराष्ट्रमन्त्रीका साथै परराष्ट्र मन्त्रालयका सचिवको समेत उपस्थिति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)