अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाको हेरचाहका लागि ३३१ जनालाई तालिम
kalakarmi.com · Tue Jul 07 06:14:54 GMT 2026

काठमाडौं- अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग गर्न, उनीहरुसँग प्रत्यक्ष सम्पर्क तथा संवादमा रहने ३३१ जना व्यक्तिलाई काठमाडौं महानगरपालिकाले तालिम प्रदान गरेको छ । अवानी फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा विशेष अवस्थाका बालबालिकाका अभिभावक, स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका छन् ।
अन्य बालबालिका भन्दा फरक अवस्था भएका बालबालिकाहरुलाई सजाय वा दवाव नदिइ उनीहरुको आवश्यकता बुझेर सहयोगी वातावरण बनाउन सहयोेग होस भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बौद्धिक अपाङ्गता एवं अटिजम भएका व्यक्तिहरुका लागि स्वास्थ्य कार्यक्रमका फोकल पर्सन पवन ठाकुरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)