अश्लील हर्कत गर्ने सरकारी अधिकृतलाई सबक सिकाएकी ऋतु भन्छिन्- खोइ कसरी आँट आयो
nepalpress.com · Tue Jul 07 06:13:48 GMT 2026

काठमाडौं । सरकारी अधिकृतबाट सार्वजनिक स्थानमा दुर्व्यवहार भोगेकी ऋतु खनालले प्रहरिमा जाहेरी दिएकी छन् । प्रहरीले आरोपी सुरेन्द्र भट्टलाई पक्राउ गरेपश्चात उनले जाहेरी दिएकी हुन् ।
अर्जेन्टिनाको जर्सी लगाएर इमाडोलको एक गल्लीमा हिँडिरहँदा ऋतुलाई ५५ वर्षीय भट्टले आफ्नो गोप्य अंग देखाइदिएका थिए । ऋतुले उनलाई समातेर पिट्नुका साथै खुट्टा समेत ढोगाएकी थिइन् । यो घटनाको भिडिओ उनले टिकटकमा हालेपछि प्रहरीले भट्टलाई पक्राउ गरिसकेको छ । ऋतुको साहसको धेरैले प्रशंसा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)