नेमारको दुःखद् बिदाइ
annapurnapost.com · Tue Jul 07 06:20:33 GMT 2026
मेक्सिको सिटी : ब्राजिलका स्टार फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँगको २–१ को अप्रत्याशित हारसँगै पाँच पटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्रामा पूर्णविराम लगाउने निर्णय गरेका हुन्।
नर्वेविरुद्धको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नेमारले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्। खेलपछि मैदानमै धरधरी रोएका उनले भनेका थिए, ‘मैले धेरै प्रयास गरेँ। तर, अब यो यात्रा सकिएको छ। जहाँबाट मेरो अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो, त्यहीँ आएर अन्त्य भएको छ।’ उनले सन् २०१० मा अमेरिकाविरुद्ध यही न्युजर्सी रंगशालाबाट ब्राजिलको जर्सीमा डेब्यु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)