बाढी प्रभावितका लागि प्रवासी नेपाली सम्पर्क विभाग साउदीद्वारा १० लाख सहयोग
annapurnapost.com · Fri Aug 28 09:09:38 GMT 2026

साउदी : भोटेकाशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरुका लागि प्रवासी नेपाली सम्पर्क विभाग, साउदी अरबले १० लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण रसुवा , नुवाकोट, धादिङ, गोरखा जिल्ला तथा आसपासमा क्षेत्रमा भएको जनधनको क्षति तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सम्पर्क विभागले सहयोग प्रदान गरेको हो। संगठनमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको संगठनका सभापति भुपाल भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)