राष्ट्रिय सभामा आजै बजेट पारित गर्ने तयारी [लाइभ]
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक जारी छ। आजको बैठकमा 'विनियोजन विधेयक, २०८३' अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न बजेट शीर्षकहरूमाथि उठेका प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिइरहेका छन्।