पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
onlinekhabar.com · Sat May 23 01:45:15 GMT 2026

९ जेठ, सन्धिखर्क । सन्धिखर्क नगरपालिका–११, डिभर्नामा अवस्थित प्राकृतिक चट्टानहरूको अद्भुत संसार ‘रक गार्डेन’ पछिल्लो समय अर्घाखाँचीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको छ।
सन्धिखर्क बजारबाट करिब २० मिनेटको सवारी यात्रापछि पुग्न सकिने यस स्थानमा प्रकृतिले आफैँ कुँदेजस्ता विशाल चट्टानहरू, ढुङ्गाको बगैँचाजस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले जोकोहीलाई मोहित बनाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)