खामेनीको अन्त्येष्टि जारी रहेका बेला हर्मुजमा ट्यांकरमाथि प्रहार, तनाव चुलियो
barnanmedia.com · Tue Jul 07 06:54:58 GMT 2026

दुबई । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक ट्यांकरमाथि प्रहार भएको छ । ओमानको तट नजिक यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्यांकरमा मंगलबार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ । घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान–अमेरिका तनावलाई थप जटिल बनाएको छ ।
बेलायतको युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्र नजिक दक्षिणतर्फ गइरहेको ट्यांकरको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो । आगलागी भए पनि घटनाबाट वातावरणीय क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)