२३ दिनपछि प्रदेशसभासमक्ष टेबुल गरियो सुदूरपश्चिमको बजेट र त्यससम्बन्धीका विधेयक
shilapatra.com · Tue Jul 07 07:14:00 GMT 2026

प्रदेशसभामा प्रस्तुत गरिएको २३ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट र त्यससम्बन्धीका विधेयक सभासमक्ष टेबुल गरिएको छ । प्रदेशसभा आज बसेको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट र त्यससम्बन्धीका विधेयक टेबुल गरेका हुन् ।
मन्त्री धामीले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट), अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)