निष्क्रिय कर्जा अनुपात बढ्दा बैंकहरूको लगानी क्षमता कमजोर
onlinekhabar.com · Tue Jul 07 07:29:36 GMT 2026

२३ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दा लगानी क्षमता बढ्न नसकेको केन्द्रीय बैंकको निष्कर्ष छ । केन्द्रीय बैंकका अनुसार घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता (पीपीए) जस्ता विषयहरूमा देखिएका अन्योलताले वित्तीय प्रणालीबाट अपेक्षित कर्जा प्रवाह हुन सकेको छैन ।
बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षा गर्दै वैदेशिक व्यापारमा कमी, सार्वजनिक एवम् निजी निर्माणमा सुस्तता, घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता अन्योलका कारण कर्जा वृद्धि हुन नसकेको ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)