‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
nepalsamaya.com · Fri Aug 28 09:19:53 GMT 2026

काठमाडौं- नाडा अटो शो २०२६ को आज चौथो दिन ह, भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो। यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न पुग्यो। यद्यपि, आर्थिक गतिविधि चलायमान बनाउन ब्यवसायीहरुले कठिन समयमा पनि अटो शोलाई निरन्तरता दिए।
रसुवागढी-केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता गाडी बुकिङ गर्नेहरुमा देखिएको छ। तर, ब्यवसायीहरु चाडपर्व आउन समय बाँकी रहेको कारण गाडी ल्याएर दिन सक्ने कुरामा ढुक्क देखिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)