खुला बाँसुरी बाजा प्रतियोगिता जेठ १६ गते
hamrakura.com · Sat May 23 00:00:00 GMT 2026
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ले यही जेठ १६ गते ‘परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत साङ्गीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष गणेश त्यातले जानकारी दिए ।
उनले प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा अनिवार्य रुपमा बजाइने बाँसुरी बाजाको विशेष महत्व रहेको चर्चा गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर वडा कार्यालयबाट विनियोजित रु पाँच लाख बजेटमा प्रतियोगिता आयाजना गर्न लागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)